अब खल्ती वालेटबाट टीभीएसका सवारी साधनको किस्ता भुक्तानी गर्न सकिने
काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीबाट अब टीभीएसका सवारी साधनको...
टीभीएस मोटरले आफ्नो लोकप्रिय पर्फर्मेन्स बाइक सिरिज अपाचेको २० औं वर्षगाँठको अवसरमा नयाँ २०२५ संस्करणको अपाचे आरटीआर २०० ४भी भारतमा लन्च गरेको छ । सो संस्करणमा आकर्षक डिजाइन, नयाँ प्रविधि र ओबीडी२बी प्रदूषण मापदण्ड अनुसारको इन्जिन समावेश गरिएको छ।
नयाँ अपाचे आरटीआर २०० ४भीमा १९७.७५ सीसी क्षमताको इन्जिन दिइएको छ, जसले २०.८ पीएस पावर र १७.२५ एनएमको टर्क उत्पादन गर्छ ।
सो बाइकमा अब ३७ एमएमको अपसाइड डाउन फ्रन्ट सस्पेन्सन, हाइड्रोफर्म्ड ह्यान्डलबार, तीन फरक राइडिङ मोड, ड्युअल च्यानल एबीएस, स्मार्ट एक्सकनेक्ट सिस्टम, भ्वाइस असिस्ट, ब्लुटुथ कनेक्टिभिटी, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प र डे टाइम रनिङ लाइट जस्ता फिचर उपलब्ध छ ।
अपाचे आरटीआर २०० ४भी सन् २०१६ मा पहिलो पटक लन्च गरिएको थियो । सो बाइकमा सेगमेन्टमै पहिलोपटक राइडिङ मोड, रेस ट्युन्ड स्लिपर क्लच, रियर लिफ्ट-अफ प्रोटेक्शनजस्ता सुविधा ल्याएको थियो। कम्पनीले आगामी दिनमा पनि यसमा थप सुधार गर्ने संकेत पनि दिएको छ।
सो बाइकको मूल्य १ लाख ५३ हजार ९९० भारु निर्धारण गरिएको छ। बजारमा यसले बजाज पल्सर एनएस२०० र यामाहा एफजेड२५ सँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीबाट अब टीभीएसका सवारी साधनको...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी...
टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...