विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर जब सुनसरीमा भेटियो …..

काठमाडौँ - नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगर नजिकैको पार्किङ स्थलबाट हराएको पेट्रोल बोकेको ट्याङ्कर  सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ । २० हजार लिटर पेट्रोल बोकेको उक्त ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएपछि निगमले ढुवानीकर्तालाई कारबाही गर्दै दोब्बर रकम असुल गरेको छ ।

निगमको कोशी प्रादेशिक कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ । विज्ञप्ति अनुसार, नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्याङ्कर ले असार ६ गते इन्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेको थियो ।

उक्त ट्याङ्कर असार ७ गते बिहान ८ बजे निगमको डिपोदेखि करिब ३०० मिटर दुरीमा रहेको कदमगाछीस्थित पार्किङमा आइपुगेको थियो । तर, असार ८ गते बिहान ९ बजे ढुवानीकर्ताले ट्याङ्कर हराएको जानकारी निगमलाई गराएका थिए ।

निगमले तत्काल प्रहरीलाई खबर गरी सिसिटिभी फुटेज अध्ययन गर्दा उक्त ट्याङ्कर बिहान ३ः०३ बजे पार्किङबाट बाहिरिएर नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । खोजी कार्यलाई तीव्रता दिँदा निगमबाट करिब १७ किलोमिटर टाढा सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको थियो। भेटिँदा ट्याङ्कर को ताला काटिएको अवस्थामा थियो ।

तत्कालै प्रहरी, निगमका कर्मचारी र ढुवानीकर्ताको रोहवरमा मुचुल्का तयार गरी ट्याङ्कर लाई निगमको पार्किङमा ल्याएर सिल गरिएको थियो ।

बुधबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम र ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा सिल खोली नापजाँच गर्दा ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पाइएको हो । बाँकी रहेको १९,०२७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ ।

पेट्रोल चोरी भएको पाइएपछि निगमले ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ मा भएको व्यवस्था बमोजिम चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरेको कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरू

लुम्बिनी प्रदेशमा बजेट : यस्ता छन् सडक र अन्य पूर्वाधार व्यवस्था

लुम्बिनी प्रदेशमा बजेट : यस्ता छन् सडक र अन्य पूर्वाधार व्यवस्था

आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी...

ट्रम्पको चेतावनीले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा, प्रतिब्यारेल १२६ डलर नाघ्यो

ट्रम्पको चेतावनीले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा, प्रतिब्यारेल १२६ डलर नाघ्यो

अमेरिका–इरान युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

युरो ६ मापदण्ड आएमा गाडीको मूल्य महंगो हुने, अन्य सम्भावना यस्तो

युरो ६ मापदण्ड आएमा गाडीको मूल्य महंगो हुने, अन्य सम्भावना यस्तो

फेरि एक पटक युरो ६ को चर्चा चुलिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...