टीभीएसले ल्यायो ‘कायापलट’ अफर : नकिन्दै १ लाख, किने पछि १० लाख

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भाद्र २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ ।

“कायापलट“ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिने छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गराइने जनाएको छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिने छ ।

विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको बताएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु ह्विलर ब्राण्डका रुपमा स्थापित भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

धेरै माइलेज दिने बाइकको खोजी : पाँच ब्रान्डका १२५ सीसी मोटरसाइकलको यस्तो छ माइलेज र मूल्य

धेरै माइलेज दिने बाइकको खोजी : पाँच ब्रान्डका १२५ सीसी मोटरसाइकलको यस्तो छ माइलेज र मूल्य

पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेपछि निजी सवारी प्रयोगकर्ता...

माइलस्टोन : अन्तर्राष्ट्रिय बजारमा बिक्री भयो १ लाख टीभीएस एनटर्क स्कुटर

माइलस्टोन : अन्तर्राष्ट्रिय बजारमा बिक्री भयो १ लाख टीभीएस एनटर्क स्कुटर

टीभीएस एनटर्क स्कुटर अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट भन्दा बढी बिक्री...

फर्स्ट इन क्लास राइडिङ मोडसहित सार्वजनिक हुँदै बीएस६ अपाचे आरटीआर २०० फोरभी

फर्स्ट इन क्लास राइडिङ मोडसहित सार्वजनिक हुँदै बीएस६ अपाचे आरटीआर २०० फोरभी

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भोलि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...