बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर मेगा स्मार्ट एक्सचेन्ज फेस्टिभल आयोजना गरिरहेको छ । पुस २८ देखि प्रारम्भ भएको सो एक्सचेन्ज फेस्टिभल आगामी माघ ६ गते सम्म चल्ने छ ।
एक्सचेन्ज फेस्टिभलमा जुनसुकै ब्रान्डका बाइक वा स्कुटरसँग टीभीएसका बाइक वा स्कुटर साट्न सकिने छ । बजारमा प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैयाँ सम्मको भ्यालुएसनका साथ पुराना बाइक र स्कुटरको मूल्य निर्धारण गरिने सो एक्सचेन्ज फेस्टिभल टीभीएसका देशभर रहेका १३५ भन्दा बढी डिलर नेटवर्कहरुमा सम्पन्न हुनेछ ।
हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन् । यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ ।
टीभीएसका विशेष गरी अपाचे सिरिजका बाइक लोकप्रिय छन् भने पछिल्लो समयमा एनटर्क स्कुटर चर्चित बनेको छ । टीभीएसका बाइकमा भएको स्मार्ट कनेक्ट र एबीएस सहितका प्रविधिले गर्दा धेरैको रोजाइमा परेको छ । टीभीएस एनटर्क स्कुटरले हालै नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने स्कुटरको रुपमा रेकर्ड कायम गरेको छ ।
स्मार्ट कनेक्ट फिचरको प्रयोग गरी चालकले आफ्नो मोबाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिन्छ । कन्सोलमा रहेको ओडोमिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषतः रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो । नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्नका लागि यसले विशेष भूमिका खेल्छ ।
नेपाली बजारमा हाल टीभीएसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छन् । त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ ।
टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण चर्चित मानिन्छन् । कम्पनीले आफ्ना उत्पादनलाई स्टाइल, पावर र कम्फर्टको दृष्टिकोणले ‘अनबिटेबल’ भनेको छ । सबै बर्गका राइडर लक्षित मोडल उपलव्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो । नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएका छन् । आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो ।
जगदम्बा मोटर्सले हाल नेपाली बजारमा ५ वर्षको वारेन्टी सहित शून्य प्रतिशत ब्याजदरको स्किममा बाइक तथा स्कुटर उपलब्ध गराइरहेको छ । त्यसैगरी नगद रकम पुरै बुझाउदा बाइक वा स्कुटर दुवैको मूल्यमा ९ हजार रुपैयाँ सम्मको छुट उपलब्ध हुनेछ ।
उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टीभीएसले नेपाली बजारमा सफलता प्राप्त गरेको छ । हाल देशभर रहेको १३५ भन्दा बढी डिलर नेटवर्क, ५ वर्षको वारेन्टी, स्मार्ट कनेक्ट फिचर, जगदम्बाको बलियो सपोर्ट टिम र उत्कृष्ट गुणस्तरका बाइक वा स्कुटर उपलब्ध भइरहेकोमा अब शून्य प्रतिशत ब्याजदरमा पुरानो बाइक वा स्कुटरसँग १५ हजार रुपैयाँ सम्म थप भ्यालुएसका साथ एक्सचेन्ज गर्न सकिने सुविधाले धेरै राइडर लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...