जीतपुर सिमरामा टीभीएसको नयाँ शोरुम शुभारम्भ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टीभीएस मोटरसाइकलको शोरूम स्थापना भएको छ । जीतपुरको स्वस्तिक ट्रेड एण्ड कन्सर्नले टीभीएसको अधिकारिक डिलर लिएर बिहीबार जीतपुरको पहाडीटोलमा शोरूमको समुद्घाटन सम्पन्न गरेको हो ।

जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उदघाटन गरे । अध्यक्ष शर्माले शोरूमको उदघाटन गर्दै संचालक र टीभीएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिए।

करिब २ करोड २५ लाखको लागतमा उक्त शोरुम संचालनमा आएको हो । स्वस्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टीभीएस शोरूममा टीभीएसको नयाँ मोटरसाइकल, स्कुटर, पार्ट्स र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुनेछ ।

स्वस्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि रहेका थिए ।

सम्बन्धित समाचारहरू

पोखरामा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु

पोखरामा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु

पोखरा – टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

ग्लोवल मोटर्सका नामले खुल्यो बालकुमारीमा टीभीएसको नयाँ शोरुम

ग्लोवल मोटर्सका नामले खुल्यो बालकुमारीमा टीभीएसको नयाँ शोरुम

ललितपुर– ललितपुरको बालकुमारीमा टीभीएसको नयाँ शोरुम विस्तार भएको छ ।...

यामाहालाई उछिन्दै टीभीएस बन्यो विश्वको तेस्रो ठूलो टु–ह्विलर ब्रान्ड

यामाहालाई उछिन्दै टीभीएस बन्यो विश्वको तेस्रो ठूलो टु–ह्विलर ब्रान्ड

टीभीएस मोटर कम्पनी बिक्रीका हिसाबले विश्वको तेस्रो ठूलो टु–ह्विलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...