रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’ हरुलाई टीभीएस एनटर्क स्कुटर वितरण
काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर...
टीभीएसले केही समयअघि लन्च गरेको मोडर्न रेट्रो मोटरसाइकल रोनिन नेपाल आउने अन्तिम चरणमा पुगेको छ । यो नयाँ मोडललाई माघ महिनाभित्रै नेपालमा सार्वजनिक गरिसक्ने आधिकारिक विक्रेता जगदम्बा मोटर्स स्रोतले नेपाल अटोलाई वताएको छ । यसको पहिलो लट भारतबाट आयत गरिनेछ भने त्यसपछि अवस्था हेरेर नेपालमै एसेम्वल गर्ने तयारी भइरहेको उक्त स्रोतको भनाई छ ।
टिभिएसको प्रिमियम सेग्मेन्टको यो नयाँ मोटरसाइकल स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको कम्पनीको भनाई छ । यो नयाँ वाइकको ५ भिन्न तथ्यहरु यस प्रकार रहेका छन् ।
इन्जिन
रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।
चेसिस तथा फ्रेम
यो नयाँ वाइकलाई टिभिएसले डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो । ४१ एमएमको एड्जस्ट गर्न नमिल्ने सोवा विग पिस्टन फर्क र ग्यास चार्जड मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ । वाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ ।
फिचर्स
रोनिनमा नयाँ प्रविधीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ । वाइकमा पूर्णत एलईडी लाइट र सर्कुलर हेडल्याम्प जडान गरिएको छ ।
मूल्य र भेरियन्ट
कम्पनीले टीभीएस रोनिन ३ भेरिएन्टमा लन्च गरेको छ । सिंगल च्यानल एबिएसको मूल्य १ लाख ४९ हजार, डुअल च्यानलको १ लाख ५६ हजार र टीभीएस रोनिन ट्रिपल–टोन डुअल च्यानलको १ लाख ६८ हजार भारु राखिएको छ । यो वाइक नेपाल आउँदा ५ लाख ५० हजार हाराहारी मूल्य तय हुने आँकलन गर्न सकिन्छ ।
प्रतिस्पर्धा
यो नयाँ वाइकले यामाहा एफजेड–एक्स, रोयल इन्फिल्ड क्लासिक, होन्डा सिवी हाइनेस, पल्सर २५० ट्विन्स, डोमिनार २५० र याज्दी स्क्म्र्वलर लगायतसंग प्रतिस्र्धा गर्ने देखिन्छ ।
काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर...
टीभीएसले दुई पाङ्ग्रे सवारी साधनको टेक्नोलोजी विकासमा महत्वपूर्ण भूमिका...
युवा अटोमोबाइल व्यवसायी निर्मल सिग्देलले ‘लिडिङ आन्ट्रप्रेनर इन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...