पहिलो एओजी नाइट राइड सम्पन्न
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र...
टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ बाइक ‘रोनिन’ को तस्बिर अनलाइन लिक भएको छ । नियो–रेट्रो स्टाइलको रोडस्टर–स्क्र्याम्बलर सो मोटरसाइकल हेर्दा होन्डा सीबी३५०आरएससँग धेरै मिल्दोजुल्दो देखिन्छ ।
यसमा हम्प गरिएको इन्धन ट्यांकी, बेसिक साइड प्यानल, राउन्ड हेडल्याम्प र रियर मडगार्डले यसको स्टाइल सिम्पल देखिएको छ । यसमा सिंगल–पड इन्स्ट्रयुमेन्ट क्लस्टर पनि छ । त्यसैगरी यसमा भएका गोल्डन–कलर्ड अपसाइड–डाउन फ्रन्ट फोर्क्स, पछिल्लो भागमा भएको मोनोसक सस्पेन्सन र इन्जिन अन्डरबेली गाडीेले यसलाई केही मोडर्न स्टाइल दिएको छ ।
यसमा भएको नबी टायरले अफरोडमैत्री बनाएको छ भने ठूलो सर्कुलर डिस्क र कन्ट्रास्ट कलरको फराकिलो सिटले पनि बाइकको फरक पहिचान कायम गरेको छ ।
यसमा भएको इन्जिनको वारेमा अझै केही कुरा सार्वजनिक भएको छैन । यद्यपि अपाचेमा २०० मा भएको इन्जिन प्रयोग हुन सक्ने सम्भावना बढी छ वा यो भन्दा बढी क्षमताको पनि हुन सक्छ ।
बजारमा रोयल इन्फिल्ड मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नका लागि टीभीएसले नयाँ बाइक रोनिन बजारमा उतार्न लागेको चर्चा चलिरहेको छ । यसका आधारमा टीभीएसले मेहनत गरेको मान्न सकिन्छ ।
टीभीएस रोनिन जुलाई ६ मा भारतीय बजारमा लन्च गर्ने तयारी भइरहेको छ । नेपाली बजारमा पनि यो बाइक केही समय पछि आउने आशा गर्न सकिन्छ ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र...
टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...
काठमाडौं – नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...