टीभीएस रेडरको नयाँ ‘डाक्टर डुम’ संस्करण सार्वजनिक
काठमाडौं–टीभीएसले आफ्नो लोकप्रिय मोडल रेडरको एक नयाँ विशेष संस्करण...
काठमाडौं–नेपाली बजारमा निकै लामो समयदखी प्रतिक्षा गरिँदै आएको टीभीएस रोनिन अब छिट्टै लन्च हुने भएको छ । नाडा अटो शो–२०२३ मा नेपाल आएको रोनिनको औपचारिक बिक्री अवको केही दिनपछि सुरु हुने आधिकारिक वितरक जगदम्बा मोटर्स स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार सो नयाँ मोर्डन रेट्रो मोटरसाइकलको मूल्य ४ लाख ५० हजार हाराहारी तय हुनेछ । रोनिनलाई कम्पनीले देशका विभिन्न शोरुममा पठाइसकेको छ ।
भारतीय बजारमा तीनवटा भेरिएन्टमा उपलब्ध यसको दुईवटा भेरिएन्टलाई जगदम्बा मोटर्सले नाडा अटो शो–२०२३ मा सोकेस गरेको थियो । सम्भवत यी दुई भेरिएन्ट नै नेपाली बजारमा बिक्रीका लागी उपलब्ध हुनेछन् । रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ ।
सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।
यो नयाँ वाइकलाई टिभिएसले डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो । ४१ एमएमको एड्जस्ट गर्न नमिल्ने सोवा विग पिस्टन फर्क र ग्यास चार्जड मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ । वाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ ।
रोनिनमा नयाँ प्रविधीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ । वाइकमा पूर्णत एलईडी लाइट र सर्कुलर हेडल्याम्प पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...