टीभीएसले नयाँ बाइक फिएरो१२५ लन्च गर्ने, यस्तो छ टिजर
सस्तो बाइक निर्माणमा टीभीएस चर्चित कम्पनी हो । कम्पनीको लाइनअपमा रहेको...
फिचर र लुक्सका हिसाबले बीएमडब्ल्यु जस्तो देखिने टीभीएस कम्पनीको नयाँ बाइक रोनिन २२५ ले सुपर बाइकसँग प्रतिस्पर्धा गर्न सक्ने दावी गरिएको छ ।
सो बाइक रोनिन एसएस, रोनिन डीएस र रोनिन टीडी गरी ३ भेरिएन्टमा लन्च गरिएको थियो । सो बाइकको सबैभन्दा ठूलो विशेषता भनेको यसमा जडान गरिएको ठूलो आयल कुलर र ओ३सी सिलिन्डरको मदतले बाइक तातो भएपछि स्वतः चिसो हुन थाल्छ । बाइकमा १७ इन्चको चक्का भएकाले छोटो व्यक्तिले पनि यसलाई सजिलै चलाउन सकिन्छ ।
सो बाइकमा बीएमडब्ल्युको जस्तै फिचर, लुक, हेड लाइट र इन्टिग्रेटरका लागि एलईडी लाइट समावेश गरिएको छ । ब्रेक सिस्टमका लागि हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । यस बाइकको पछाडि मोनोशक दिइएको छ भने अगाडि ४१ एमएमको यूएसडी मोनोशक दिइएको छ ।
सो बाइकमा २२५.९ सीसी इन्जिन जडान गरिएको छ । कम्पनीले यसलाई निकै सस्तो मूल्यमा लन्च गरेको छ । सो बाइकको मूल्य १ लाख ४९ हजार भारुबाट सुरु हुन्छ । यसको टप भेरिएन्टको मूल्य १ लाख ६९ हजार भारु छ । यसमा २ एबीएस मोड अर्बन र रेन समावेश गरिएको छ । साथै डिजिटल स्पिडोमिटरका साथसाथै कल रिसिभ र रिजेक्ट जस्ता फिचर पनि समावेश गरिएको छ ।
सस्तो बाइक निर्माणमा टीभीएस चर्चित कम्पनी हो । कम्पनीको लाइनअपमा रहेको...
टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...
चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...