टीभीएस अपाचेले रच्यो इतिहास, ११ महिनामा ४ लाखभन्दा बढी युनिट बिक्री
आर्थिक वर्ष २०२५ को ११ महिनामा टीभीएस अपाचे सिरिजले ४ लाखभन्दा बढी युनिट...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न गरेको छ । गत शनिबार टीभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रिम गार्डेन रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको सो यात्रामा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरुको सहभागिता थियो।
यसमा सहभागी एक मात्र महिला राइडर रोनीशा महर्जन पनि थिइन्, जसले यस यात्राको सम्पूर्ण रूपमा मज्जा लिइन्। उनि भन्छिन्, ‘यो केवल सवारी मात्र नभई एक उत्सवमय यात्रा थियो ।’ यो कार्यक्रम असार १५ को संयोगमा परेको थियो, जसलाई रोपाइँ दिवसको रूपमा पनि मनाइन्छ । चुनिखेल, १०, बुढानीलकण्ठ बासिन्दाले राइडरहरूलाई “धान रोपाइँ कार्यक्रम“ को निम्तो दिँदै बुढानीलकण्ठमा उत्सवमय वातावरण थपेकोे थियो।
यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए, जसमा नक्सालदेखि बुढानीलकण्ठसम्मका यात्रा भारी वर्षाका कारण चुनौतीपूर्ण थियोÞ । सुरक्षालाई प्राथमिकता दिइ, मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरे।
यो यात्रा अपाचे र रोनीन सवारहरूले अपनाएको संस्कृति, जीवनशैली र यात्रा दृष्टिकोणको प्रमाण थियो, जसले सबै सहभागीहरूमा स्थायी छाप छोड्यो। रोनिन कल्ट समुदाय लगातार बढिरहेको जानकारी छ, हालसम्म यस समुदायले ४,०० भन्दा बढी सवारहरूको सदस्यता पाएको बताइएको छ ।
यसको अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ। यात्रामा राइडरहरूले टीभीएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए ।
यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्रा लागि उपयुक्त बनाउँछ। यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यसलाई मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी बनाउँछ ।
आर्थिक वर्ष २०२५ को ११ महिनामा टीभीएस अपाचे सिरिजले ४ लाखभन्दा बढी युनिट...
नेपाली बजारमा शकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले युवा लक्ष्यित...
नेपाली बजारमा भित्रिएको छोटो समयमै टीभीएस एनटर्क स्कुटरले फरक पहिचान कायम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...