टीभीएसले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै, देखियो टीएफटी स्क्रिन

टीभीएस मोटर कम्पनीले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ, जसमा यसको टीएफटी स्क्रिन देख्न सकिन्छ ।

टीभीएसले आफ्नो लोकप्रिय एक्सएल १०० को इलेक्ट्रिक भर्सन ल्याउन लागेको अनुमान पनि गरिएको छ । कम्पनीको सो नयाँ इलेक्ट्रिक मोडल यसको पेट्रोल मोडल जस्तै देखिनेछ । यसको फ्रेम, गोलाकार हेडलाइट, स्प्लिट सिट, ट्युबुलर ग्रयाब रेल र समग्र आकार हालको एक्सएल १०० जस्तै हुनेछ ।

टीभीएस एक्सएल १०० ईभीमा बेल्ट सेटअप पछिको मध्य भागमा ब्याट्री प्याक दिइनेछ । स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क र ड्युअल रियर स्प्रिङ्स दिइनेछ । ब्रेकिङका लागि दुवै पांग्रामा ड्रम ब्रेक उपलब्ध गराइनेछ ।

टिजरमा टीभीएसले स्कुटरको इन्स्ट्रयुमेन्ट क्लस्टर देखाएको छ । यसमा एक्सओनिक नाम दिइएको छ, जसको टप स्पिड १०५ किमी प्रतिघन्टा हुन सक्छ । यसका आधारमा यो स्कुटरको नाम पनि हुन सक्ने अनुमान गरिएको छ ।

हालसम्म कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटरको धेरै विवरण खुलासा गरेको छैन । रिपोर्टका अनुसार टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर बीएमडब्ल्यु सीई ०२ प्लेटफर्ममा आधारित हुनेछ । बीएमडब्ल्यु सीई ०२ ले लगभग १५ एचपीको पावर र ९५ किमी प्रतिघन्टाको टप स्पिड प्रदान गर्छ ।

टीभीएसले हाल एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युब बिक्री गरिरहेको छ । यस्तो अवस्थामा कम्पनीले इलेक्ट्रिक स्कुटरको सेग्मेन्टमा राम्रो पकड पाउनका लागि स्पोर्टी इलेक्ट्रिक स्कुटर ल्याउन लागेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै...

टीभीएस रेडर, एनटर्क र रेडिअनको फ्युल इन्जेक्सन भेरिएन्ट अब नेपालमा (भिडियो सहित)

टीभीएस रेडर, एनटर्क र रेडिअनको फ्युल इन्जेक्सन भेरिएन्ट अब नेपालमा (भिडियो सहित)

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...