१३ हजारसम्मले महंगो भयो टिभिएस बाइक, यस्तो छ ७ मोडलमा वढेको नयाँ मूल्य
टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता बोलाइएको छ । आईक्युबको च्यासिस ब्रिज ट्युबमा खराबी देखिएपछि कम्पनीले फिर्ता बोलाएको हो । कम्पनीको यो फिर्तामा जुलाई १० र सेप्टेम्बर ९, २०२३ को बिचमा निर्मित इलेक्ट्रिक स्कुटरहरू समावेश गरिएको छ ।
टीभीएसले यस रिकलबाट कति स्कुटर प्रभावित भएको छ भन्ने कुरा भने खुलाएको छैन। यद्यपि, मिडिया रिपोर्टका अनुसार यसको संख्या ४५ हजार युनिट हुन सक्ने अनुमान गरेको छ । आईक्युबका सञ्चालक मोहित बडायाले आफ्नो स्कुटरको च्यासिस बिना दुर्घटनामा क्षति पुगेको बताएका छन् । यसपछि, आईक्युबका अन्य मालिकहरुले पनि आफ्नो स्कुटरमा यस्तै समस्या भएको प्रतिक्रिया दिएका छन् ।
यसको लागि टीभीएसको आधिकारिक डिलरशिपले ईभी मालिकहरूसँग सम्पर्क गर्नेछ। कम्पनीले च्यासिस ब्रिज ट्यूब परीक्षण गर्नेछ र लामो समयसम्म प्रयोग गरेपछि पनि सवारी र ह्यान्डलिङ स्पेसिफिकेशन सुरक्षित रहने सुनिश्चित गर्नेछ। स्कुटरको निरीक्षणको क्रममा कुनै पनि त्रुटि फेला परेमा त्यसलाई परिवर्तन गर्नेछ । त्रुटि मर्मत वा पार्टपुर्जा बदल्नका लागि ग्राहकबाट कुनै शुल्क लाग्ने छैन।
टीभीएस मोटरले हालै आईक्युब इलेक्ट्रिक स्कुटर लन्च गरेको थियो । आईक्युब स्ट्यान्डर्ड भेरिएन्टमा २.२ किलोवाट ब्याट्री समावेश छ, जसले फुल चार्जमा ७५ किलोमिटरको रेन्ज दिन्छ। आईक्युब टप स्पेक एसटी भेरिएन्टमा ३.४ किलोवाट ब्याट्री प्याक समावेश छ, जसले फुल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।
नेपालमा पनि टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलब्ध छ । यद्यपि नेपाल भित्रिएका स्कुटरको बारेमा भने केही बताइएको छैन ।
टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...