टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना

टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता बोलाइएको छ । आईक्युबको च्यासिस ब्रिज ट्युबमा खराबी देखिएपछि कम्पनीले फिर्ता बोलाएको हो । कम्पनीको यो फिर्तामा जुलाई १० र सेप्टेम्बर ९, २०२३ को बिचमा निर्मित इलेक्ट्रिक स्कुटरहरू समावेश गरिएको छ ।

टीभीएसले यस रिकलबाट कति स्कुटर प्रभावित भएको छ भन्ने कुरा भने खुलाएको छैन। यद्यपि, मिडिया रिपोर्टका अनुसार यसको संख्या ४५ हजार युनिट हुन सक्ने अनुमान गरेको छ । आईक्युबका सञ्चालक मोहित बडायाले आफ्नो स्कुटरको च्यासिस बिना दुर्घटनामा क्षति पुगेको बताएका छन् यसपछि, आईक्युबका अन्य मालिकहरुले पनि आफ्नो स्कुटरमा यस्तै समस्या भएको प्रतिक्रिया दिएका छन् ।

यसको लागि टीभीएसको आधिकारिक डिलरशिपले ईभी मालिकहरूसँग सम्पर्क गर्नेछ। कम्पनीले च्यासिस ब्रिज ट्यूब परीक्षण गर्नेछ र लामो समयसम्म प्रयोग गरेपछि पनि सवारी र ह्यान्डलिङ स्पेसिफिकेशन सुरक्षित रहने सुनिश्चित गर्नेछ। स्कुटरको निरीक्षणको क्रममा कुनै पनि त्रुटि फेला परेमा त्यसलाई परिवर्तन गर्नेछ । त्रुटि मर्मत वा पार्टपुर्जा बदल्नका लागि ग्राहकबाट कुनै शुल्क लाग्ने छैन।

टीभीएस मोटरले हालै आईक्युब इलेक्ट्रिक स्कुटर लन्च गरेको थियो । आईक्युब स्ट्यान्डर्ड भेरिएन्टमा २.२ किलोवाट ब्याट्री समावेश छ, जसले फुल चार्जमा ७५ किलोमिटरको रेन्ज दिन्छ। आईक्युब टप स्पेक एसटी भेरिएन्टमा ३.४ किलोवाट ब्याट्री प्याक समावेश छ, जसले फुल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।   

नेपालमा पनि टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलब्ध छ । यद्यपि नेपाल भित्रिएका स्कुटरको बारेमा भने केही बताइएको छैन ।

सम्बन्धित समाचारहरू

पसल सञ्चालकले एक बोरा सिक्काले किने एउटा स्कुटी

पसल सञ्चालकले एक बोरा सिक्काले किने एउटा स्कुटी

भारतको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी...

कमेडी च्याम्पियन विजेता भरतमणिले पाए ड्याटसन रेडी गो कार, अन्य दुईले टीभीएस बाइक र स्कुटर

कमेडी च्याम्पियन विजेता भरतमणिले पाए ड्याटसन रेडी गो कार, अन्य दुईले टीभीएस बाइक र स्कुटर

कमेडी च्याम्पियन सिजन टुका विजेता भरतमणि पौडेलले ड्याटसन रेडी गो कार...

यस्तो छ टिभिएसले नेपालमै एसेम्वल गर्न लागेको अर्वन स्क्रयाम्वलर रोनिन

यस्तो छ टिभिएसले नेपालमै एसेम्वल गर्न लागेको अर्वन स्क्रयाम्वलर रोनिन

टिभिएसले हालसालै भारतीय बजारमा लन्च गरेको रोनिन मोटरसाइकल नेपालमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...