टीभीएस रेडरको सुपर स्क्वाड एडिसन लन्च, यस्तो छ बाइक

टीभीएसले भारतमा टीभीएस रेडरलाई मार्वलको सुपर हिरोबाट प्रेरित राइडर सुपर स्क्वाड एडिसन लन्च गरेको छ । नयाँ टीभीएस राइडर सुपर स्क्वाड एडिसनको मूल्य ९८ हजार ९१९ भारु मूल्य छ ।

बाइक २ रङमा उपलब्ध छ । मार्वलको सुपरहिरोबाट प्रेरित रेडर टीभीएसको दोस्रो बाइक हो । यसअघि यस्तै एडिसनमा एनटर्क १२५ स्कुटर लन्च गरिएको थियो । बाइकको लम्बाई २०७० एमएम, चौडाइ ७८५ एमएम, उचाइ १०२८ एमएम र ह्विलबेस १३२६ एमएम छ ।

सो बाइक एलईडी डीआरएल र आक्रामक एलईडी हेडल्याम्पको साथ धेरै स्पोर्टी देखिन्छ । यसमा स्प्लिट सिटसहितको मस्कुलर फ्युल ट्याङ्की र पछाडि एलईडी टेलल्याम्प रहेको छ ।

बाइकमा फ्रन्ट टेलिस्कोपिक फोर्क, रियर मोनोसक र १७ इन्च अलोय ह्विलसहितको फ्रन्ट डिस्क ब्रेक रहेको छ ।

टीभीएस रेडरमा १२४.८ सीसी सिंगल सिलिन्डर एयर कुल्ड फ्युल इंजेक्ट इन्जिन जडान गरिएको छ, जसले ७५०० आरपीएममा ११.२ बीएचपी र ६००० आरपीएममा ११.२ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ५ स्पिड म्यानुअल गियरबक्स जडान गरिएको छ ।

टीभीएसले इन्धनको क्षमता बढाउनका लागि इन्टिग्रेटेड प्यासिभ स्टार्ट÷स्टप सिस्टम र न्वाइजलेस मोटर स्टार्टर प्रविधि प्रयोग गरेको छ । रेडरको फ्युल ट्यांक क्षमता १० लिटर छ ।

सम्बन्धित समाचारहरू

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

बजेटपछि यी बाइक भए महंगो, अझै केही ब्रान्ड पुरानै मूल्यमा किन्न सकिने मौका

बजेटपछि यी बाइक भए महंगो, अझै केही ब्रान्ड पुरानै मूल्यमा किन्न सकिने मौका

आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले २ सय सीसी बढी क्षमताका मोटरसाइकलमा...

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...