यसरी नगद, फाइनान्स वा एक्सचेन्जमा लिन सकिन्छ बीएस६ अपाचे २०० फोरभी
टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...
रेसिङ अप्रेसनका लागी टिभिएसले मलेशियन लुब्रिकेन्ट्स ब्रान्ड पेट्रोनाससंग साझेदारी गरेको छ । उक्त साझेदारीसंगै यसअघि टिभिएस रेसिङ टिमका नामले घरेलु सर्किटमा सहभागी हुँदै आएको यो टिम अव भने पेट्रोनास टिभिएस रेसिङ टिमका नाममा सहभागी हुने जनाइएको छ ।
यो नयाँ टिमले भारतमा आयोजना हुने इन्डियन नेश्नल मोटरसाइकल रेसिङ च्याम्पियनसिप, इन्डियन नेश्नल सुपरक्रस च्याम्पियनसिप र इन्डियन नेश्नल र्याली च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी समेत थालिसकेको छ । उक्त प्रतियोगितामा भाग लिने मोटरसाइकललाई टिभिएस र पेट्रोनास दुबैको ब्रान्ड झल्किने गरी तयार गरिने समेत जनाइएको छ ।
यो टिममा आबद्ध राइडरले आफ्नो मोटरसाइकलमा पेट्रोनास स्प्रिन्टा इन्जिन आयल प्रयोग गर्नेछन् । जसका लागी दुबै ब्रान्ड मिलेर पेट्रोनास टिभिएस ट्रु४ रेस प्रो नाममा छुट्टै इन्जिन अयाल सार्वजनि गरिनेछ । यो आयल यसै वर्षको मे १ देखी उपलब्ध हुने बताइएको छ ।
मोटर स्पोर्ट इतिहासमा विशिष्ट पहिचान वनाउन सफल पेट्रोनासले मोटोजीपी र मर्सिडिज–एएमजी फर्मूला वान टिमसंग समेत सहकार्य गरिरहेको छ । फर्मूला वान रेसमा यो लुब्रिकेन्ट्सलाई प्रयोग गरेर मर्सिडिज राइडरले ८ पटक प्रतियोगिता जितिसकेका छन् ।
विश्वप्रख्यात यो लुव्रिकेन्ट्स नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । यो लुब्रिकेन्ट्सलाई वतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्र्ेडिङ कन्सर्नले आयत गरी कारोबार गरिरहेको छ ।
टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय नेकेड स्पोर्ट्स बाइक अपाचे आरटीआर ३१०...
काठमाडौं – सातै प्रदेशमा ‘टीभीएस रेडर सप्तरङ–३’ हुने भएको छ । सोमबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...