टीभीएस रेडरको नयाँ ‘डाक्टर डुम’ संस्करण सार्वजनिक
काठमाडौं–टीभीएसले आफ्नो लोकप्रिय मोडल रेडरको एक नयाँ विशेष संस्करण...
काठमाडौं — अटोमोबाइल बजारमा जुन २०२६ को बिक्रीले एउटा नयाँ र ऐतिहासिक मोड ल्याएको छ । लामो समयदेखि बजारमा वर्चस्व जमाउँदै आएका ठूला ब्रान्डहरू हिरो र होन्डालाई उछिन्दै टीभीएस मोटर कुल बिक्रीको आधारमा भारतको सबैभन्दा ठूलो टु–ह्विलर ब्रान्ड बन्न सफल भएको छ ।
हालै सार्वजनिक भएको तथ्याङ्क अनुसार, टीभीएसले जुन महिनामा मात्रै ५ लाख ६५ हजार ४१७ युनिट बाइक बिक्री गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतको ठूलो वार्षिक वृद्धि हो ।
टीभीएसले आफ्ना बलिया प्रतिस्पर्धीहरूलाई निकै पछाडि छोडेको छ । यो महिना हिरो मोटोकर्पले ५ लाख ४१ हजार १५९ युनिट र होन्डाले ५ लाख २८ हजार २८१ युनिट मात्र बिक्री गर्न सकेका छन् । होन्डाले २६ प्रतिशतको सकारात्मक वृद्धि दर्ता गर्दा हिरोको कुल बिक्रीमा भने करिब २.३ प्रतिशतको सामान्य गिरावट देखिएको छ ।
निर्यात सहितको कुल बिक्रीमा टीभीएसले बाजी मारे पनि भारतको आन्तरिक बजारमा भने कथा केही फरक छ । आन्तरिक बजारको कुरा गर्दा टीभीएस अझै पनि यी दुवै ब्रान्डभन्दा करिब १ लाख युनिटले पछाडि छ ।
ईभी सेग्मेन्टमा टीभीएसले आफ्नो बलियो पकड प्रमाणित गरेको छ । कम्पनीले जुन महिनामा मात्रै ४८ हजार ५३७ युनिट विद्युतीय दुई–पांग्रे सवारी साधन बिक्री गर्दै आफ्नो अग्रतालाई अझ मजबुत बनाएको छ । यसको तुलनामा हिरो मोटोकर्पको ई–स्कुटर ब्रान्ड भीडाले २१ हजार ८१२ युनिट मात्र बिक्री गर्न सकेको छ, जुन टीभीएसको तुलनामा आधाभन्दा पनि कम हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...