टीभीएस एनटर्क १२५ रेस एडिसन अब नयाँ मरिन ब्लु कलरमा

टीभीएसले आफ्नो लोकप्रिय स्कुटर एनटर्क १२५ रेस एडिसनलाई नयाँ मरिन ब्लु सेडमा सार्वजनिक गरेको छ । पहिले रेस एडिसन रेड र रेस एडिसन एल्लो गरी दुई पेन्ट स्किम रहेकोमा अब यो तेस्रो पेन्ट स्किम भएको छ ।

टीभीएसले भाइब्रेन्ट चेकर्ड फ्ल्याग रेस–इन्स्पायर्ड मेकअपका कारण स्कुटरमा फरक स्टाइल स्टेटमेन्ट र अझै नयाँपन हुने बताएको छ ।

भारतीय बजारमा यसको मूल्य ८७ हजार भारु राखिएको छ, जुन अन्य रेगुलर मोडल भन्दा १ हजार ८५० भारु बढी हो ।

नयाँ स्कुटरमा भएको कलर स्किम बाहेक अन्य कुनै पनि भिजुअल वा मेकानिकल परिवर्तन गरिएको छैन ।

एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

भारतमा बिक्री प्रारम्भ भए पछि नेपालमा पनि भविष्यमा यो कलर स्किम सहितको स्कुटर उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

आपाचे आरटीआर १६० भीफोरको नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...

१ लाख १९ हजार भारुमा आयो एनटर्क १५०, यस्तो छ विशेषता

१ लाख १९ हजार भारुमा आयो एनटर्क १५०, यस्तो छ विशेषता

टीभीएसले आफ्नो नयाँ स्कुटर एनटर्क १५० लन्च गरेको छ । दुई भेरिएन्टमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...