प्रोटोन एक्स७० भर्चुअल लन्चमार्फत बुधबार सार्वजनिक हुँदै
काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको...
नेपाली बजारमा भित्रिएको छोटो समयमै टीभीएस एनटर्क स्कुटरले फरक पहिचान कायम गरेको छ । नेपाली बजारमा भित्रिएको तीन वर्षमै ५० हजार स्कुटर बिक्री भएर सडकमा गुडिरहेका छन् । यो अवस्थामा यसले नेपाली बजारमा फरक पहिचान कायम गरेको नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बताएको छ ।
सन् २०१८ मा पहिलो पटक नेपाली बजारमा टीभीएस एनटर्क १२५ स्कुटर भित्रिएको थियो । यसलाई नेपालकै पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर भनिएको थियो । यसमा भएको स्ट्राइकिङ अपियरेन्स, स्मार्ट टेक्नोलोजी र सुपेरियर पर्फमेन्सका कारण २०१९ सम्म यो नेपालकै सबैभन्दा छिटो बिक्री भइरहेको स्कुटर बन्यो ।
टीभीएसले समय समयमा टीभीएस एनटर्क स्कुटरमा परिमार्जन गर्दै गयो । ग्राहकले अझै बढी थ्रिल र फिचर खोज्ने भएकाले त्यसै अनुसार ग्राफिक मोडिफिकेसनका साथ टीभीएस एनटर्क रेस एडिसन बजारमा ल्यायो ।
जगदम्बा मोटर्सले सन् २०२० सेप्टेम्बरमा आएर नेपालमा सबैभन्दा धेरै बिक्री हुने प्रिमियम स्कुटरको रुपमा टीभीएस एनटर्क रेस एडिसन भएको घोषणा ग-यो । नेपाली युवा राइडरहरुका लागि यो सबैभन्दा रोजाईको स्कुटर बन्न सफल भयो ।
२०२१ फेब्रुअरीमा आइरन मंक, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रभावित टीभीएस एनटर्क सुपर स्क्वाड एडिसन नेपाली बजारमा भित्रियो । त्यसैगरी जुलाईमा नेपालमै पहिलो पटक रेस ट्युन्ड फ्युल इन्जेक्सन अर्थात आरटीएफआई भर्सनमा बीएस६ मापदण्डयुक्त एनटर्क भित्रियो । त्यसैगरी नेपाली बजारमा ५० हजार स्कुटर बिक्री भएर रेकर्ड कायम भएको घोषणा अगस्तमा गरियो ।
एटीभीएस एनटर्क १२५ रेसिङ पेडिग्री भएको उत्कृष्ट स्कुटर हो । यसमा टीभीएस कनेक्ट मोबाइल एप्लिकेसन उपलब्ध हुन्छ, जसलाई ब्लुटुथको माध्यमबाट टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ इनेबल्ड टेक्नोलोजी प्रयोग गर्न सकिन्छ । यसमा भएको डिजिटल स्पिडोमिटरमा नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरु प्रयोग गर्न सकिन्छ ।
टीभीएस एनटर्क १२५ पाँच भेरिएन्ट डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बीएस६ एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा उपलब्ध छ । रेस एडिसन (बीएस६ एफआई सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्टिल्थ ब्ल्याक रङमा उपलब्ध छ ।
एनटर्कको सबल पक्ष भनेको यसको आकर्षक लुक्स तथा डिजाइन हो । यो रेगुलर, रेस र स्क्वाड एडिसनमा उपलब्ध छ । यो स्कुटरको अधिकतम पावर ९.३८ पिएस र टर्क १०.५ एनएम रहेको छ ।
टीभीएस एनटर्क ड्रमको मूल्य २ लाख २१ हजार ९ सय, डिस्कको मूल्य २ लाख ५३ हजार ९ सय, रेस एडिसनको मूल्य २ लाख ६९ हजार ९ सय र सुपर स्क्वाडको मूल्य २ लाख ७४ हजार ९ सय तथा आरटीएफआई बीएस६ को मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ छ ।
काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको...
टीभीएसले रेडर १२५ को ड्युअल डिस्क भेरिएन्ट लन्च गरेको छ । दुई ट्रिममा...
काठमाडौँ – टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...