टीभीएसले एनटर्कको नयाँ भेरिएन्ट लन्च गर्ने

टीभीएसले चाँडै नै आफ्नो लोकप्रिय एनटर्क १२५ स्पोर्टी स्कुटरको नयाँ भेरिएन्ट लन्च गर्न लागेको छ । यद्यपि नयाँ स्कुटरको नाम पुष्टि हुन बाँकी छ, तर कम्पनीले यसको नयाँ टिजर सार्वजनिक गरेको छ । टिजरमा यसलाई एनटर्क १२५ एक्सटी भनिएको छ ।

नयाँ एक्सटी भेरिएन्ट हाल उपलब्ध मोडलको तुलनामा अझ बढी किट–अप मोडल हुन सक्नेछ । नयाँ स्कुटरमा थप प्रविधि, एलईडी लाइटिङ र नयाँ राइडिङ मोडहरू देख्न सकिन्छ । कम्पनीले यसको पावरट्रेनमा कुनै परिवर्तन गर्ने छैन ।

नयाँ स्कुटरमा हालको मोडलको जस्तै सस्पेन्सन र ब्रेकिङ हुनेछ । सो स्कुटरको मूल्य हालको ‘एक्सपी’ ट्रिमभन्दा महँगो हुनेछ, हालको मोडलको मूल्य ८९ हजार २११ भारु छ । नयाँ मोडलको लन्च केही हप्तामा हुने सम्भावना छ । यसले सुजुकी एभेनिस १२५, होन्डा डियो र अप्रिलिया एसआर १२५ लगायत अन्य स्पोर्टी स्कुटरहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

टीभीएस मोटर कम्पनीले हालै नर्टनमा थप १०० मिलियन डलर लगानीको घोषणा गरेको छ साथै फ्याक्ट्री रेसिङ टोलीका लागि पेट्रोनाससँगको नयाँ साझेदारीको पनि घोषणा गरेको छ ।

सम्बन्धित समाचारहरू

टिभिएसको सबैभन्दा सस्तो बाइक रेडियन, यस्तो छ मूल्य र फिचर्स

टिभिएसको सबैभन्दा सस्तो बाइक रेडियन, यस्तो छ मूल्य र फिचर्स

पावरफुल र स्टाइलिस मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने राइडरको रोजाइमा...

सेगमेन्टमा सबैभन्दा तीव्र बाइक टीभीएस रेडर आईगो भेरिएन्ट लन्च

सेगमेन्टमा सबैभन्दा तीव्र बाइक टीभीएस रेडर आईगो भेरिएन्ट लन्च

टीभीएसले आफ्नो लोकप्रिय बाइक रेडर १२५ को नयाँ आईगो भेरिएन्ट ल्याएको छ । यस...

नयाँ इन्जिन र प्रिमियम सुविधासहित टीभीएसले एडभेन्चर बाइक आरटीएक्स ३०० चाँडै लन्च गर्ने

नयाँ इन्जिन र प्रिमियम सुविधासहित टीभीएसले एडभेन्चर बाइक आरटीएक्स ३०० चाँडै लन्च गर्ने

टीभीएस कम्पनीले चाँडै नै आफ्नो नयाँ एडभेन्चर टुरर बाइक टीभीएस आरटीएक्स३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...