२० प्रतिशत डाउनपेमेन्ट र मासिक किस्ता ४ हजार २७७ देखि शुरु हुने टिभिएसको ‘ववाल फाइनान्स अफर’

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ फाइनान्स अफर ल्याएको छ । ‘ववाल फाइनान्स अफर’ ट्यागलाइन सहित आएको उक्त अफर अन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट भुक्तानी गरेन टिभिएसको नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् ।

वाँकी ८० प्रतिशत रकमलाई मासिक किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ । यसरी भुक्तानी गर्दा किस्ता ४ हजार २७७ देखि शुरु हुने कम्पनीले बताएको छ ।

यो स्किममा एक्सचेन्ज मार्फत बाइक खरिद गर्दा ग्राहकले अतिरिक्त एक्सचेन्ज वोनस समेत पाउन सक्ने बताइएको छ । वैंक तथा वित्तिय संस्थाले अटो लोनमा कडाई गरिरहेको सन्दर्भमा आएको यो अफरले टिभिएस वाइक खरिद गर्न चाहने ग्राहकलाई फाइदा पुग्ने देखिएको छ ।

टिभिएसको हाल नेपाली बजारमा अपाचे सिरजमा आरटिआर १६०, आरटिआर १८०, आरटिआर २०० र आरआर ३१० सहित रेडर, स्ट्राइकर, म्याक्स र रेडन लगायत मोडलका मोटरसाइकल उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य १ लाख ९४ हजारदेखि ८ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

त्यसैगरी नेपाली बजारमा टीभीएसका जुपिटर, वेगो र एनटर्क स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य २ लाख ११ हजार ९ सय देखि २ लाख ९५ हजार ९ सय रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

काठमाडौं – नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स७० को औपचारिक बिक्री...

नयाँ शैली, नयाँ सुविधा सहित टीभीएस स्ट्राइकर १२५ भाेलि मेलामा सार्वजनिक हुँदै

नयाँ शैली, नयाँ सुविधा सहित टीभीएस स्ट्राइकर १२५ भाेलि मेलामा सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा टीभीएसकाे आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा...

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...