टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने, लियो अपाचे आरटिएक्सको ट्रेडमार्क

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । एड्भेन्चर सेग्मेन्टको बजार विस्तार भइरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले सो सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन अपाचे आरटिएक्सको ट्रेडमार्क लिएको हो ।

सो नयाँ मोटरसाइकलमा ३१३ सिसीको सिंगल सिलिन्डर इन्जिन जडान हुनसक्ने आँकलन गरिएको छ । जसको पावर ३३.५२ बिचएपी र टर्क २८ एनएम हुने अनमान छ । नयाँ मोटरसाइकलमा बिएमडब्लू ३१० जीएसको अधिकांश मेकानिकल फिचर सामेल हुनसक्ने संभावना रहेको छ । टिभिएसले हाल बिएमडब्लुसंग मिलेर अपाचे आरआर ३१० र आरटिआर ३१० उत्पादन गर्दै आएको छ ।

टीभीएसको सो नयाँ एड्भेन्चर मोटरसाइकलमा डुलअ च्यानल एविएस सहितको डिस्क ब्रेक, फुल एलइडी क्लस्टर, अगाडी इन्भर्टेड फक्र्स र पछाडी प्री–लोड एड्जस्टेवल शक एब्जर्बर लगायत फिचर पाउन सकिनेछ अनुमान गरिएको छ । छिट्टै लन्च हुने अनुमान लगाइएको आरटिएक्सको मूल्य ३ लाख ५० हजार भारुसम्म पर्नसक्ने आँकलन गरिएको छ ।

सो नयाँ मोटरसाइकलले रोयल इन्फिल्ड हिमालयन, केटिएम एड्भेन्चर, हिरो एक्सपल्स, सुजुकी भी–स्ट्रोम र बिएमडब्लु जी ३१० जीएस लगायत मोटरसाइकलसंग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २...

टीभीएस एक्सचेन्ज मेला सुरु, पुरानो मोटरसाइकलमा ५० हजारसम्म अतिरिक्त मूल्यांकन

टीभीएस एक्सचेन्ज मेला सुरु, पुरानो मोटरसाइकलमा ५० हजारसम्म अतिरिक्त मूल्यांकन

काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...