टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने, लियो अपाचे आरटिएक्सको ट्रेडमार्क

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । एड्भेन्चर सेग्मेन्टको बजार विस्तार भइरहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले सो सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन अपाचे आरटिएक्सको ट्रेडमार्क लिएको हो ।

सो नयाँ मोटरसाइकलमा ३१३ सिसीको सिंगल सिलिन्डर इन्जिन जडान हुनसक्ने आँकलन गरिएको छ । जसको पावर ३३.५२ बिचएपी र टर्क २८ एनएम हुने अनमान छ । नयाँ मोटरसाइकलमा बिएमडब्लू ३१० जीएसको अधिकांश मेकानिकल फिचर सामेल हुनसक्ने संभावना रहेको छ । टिभिएसले हाल बिएमडब्लुसंग मिलेर अपाचे आरआर ३१० र आरटिआर ३१० उत्पादन गर्दै आएको छ ।

टीभीएसको सो नयाँ एड्भेन्चर मोटरसाइकलमा डुलअ च्यानल एविएस सहितको डिस्क ब्रेक, फुल एलइडी क्लस्टर, अगाडी इन्भर्टेड फक्र्स र पछाडी प्री–लोड एड्जस्टेवल शक एब्जर्बर लगायत फिचर पाउन सकिनेछ अनुमान गरिएको छ । छिट्टै लन्च हुने अनुमान लगाइएको आरटिएक्सको मूल्य ३ लाख ५० हजार भारुसम्म पर्नसक्ने आँकलन गरिएको छ ।

सो नयाँ मोटरसाइकलले रोयल इन्फिल्ड हिमालयन, केटिएम एड्भेन्चर, हिरो एक्सपल्स, सुजुकी भी–स्ट्रोम र बिएमडब्लु जी ३१० जीएस लगायत मोटरसाइकलसंग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक

टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...

सिटको उचाई ७६० एमएम हाराहारी भएका स्कुटर र तिनको मूल्य

सिटको उचाई ७६० एमएम हाराहारी भएका स्कुटर र तिनको मूल्य

सहरका भीडभाड भएका सडकमा आरामसँग स्कुटर चलाउन सकिने भएकोले यसको माग बढी छ ।...

बुढानीलकण्ठमा रोपियो १०० विरुवा, टीभीएस आईक्युब ग्राहकले पार गरे ५० लाख किमीको माइलस्टोन

बुढानीलकण्ठमा रोपियो १०० विरुवा, टीभीएस आईक्युब ग्राहकले पार गरे ५० लाख किमीको माइलस्टोन

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले विश्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...