२०२६ को रण उत्सवमा टीभीएसको कस्टम बाइकले खिच्यो दर्शकको ध्यान

गुजरातमा आयोजित २०२६ को रण उत्सवमा टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थितिलाई सामान्य प्रदर्शनीभन्दा फरक र विशेष बनाएको छ।

प्रदर्शनीको मुख्य आकर्षण इमोर कस्टम्ससँगको सहकार्यमा निर्माण गरिएका विशेष कस्टम मोटरसाइकलहरूको श्रृंखला बन्यो। यस परियोजनाअन्तर्गत कम्पनीका चार लोकप्रिय मोडल अपाचे आरआर ३१०, अपाचे आरटीआर ३१०, अपाचे आरटीआर २०० फोर भल्व र रोनिनलाई नयाँ डिजाइनका साथ प्रस्तुत गरिएको थियो।

सो मोटरसाइकलको डिजाइनको प्रेरणा कच्छको रणको सेतो नुनिलो मरुभूमि र नीलो आकाशबाट लिइएको हो। प्रत्येक मोटरसाइकलमा विशेष पेन्ट फिनिश र मरुभूमिको तीखो रङ्गीन विरोधाभास झल्काउने रङ संयोजन प्रयोग गरिएको छ। साथै विशेष धातु चिन्हले यी कस्टम संस्करणहरूलाई अन्य मोडलभन्दा फरक बनाएको छ।

डिजाइनमा व्यापक परिवर्तन गरिए पनि यी मोटरसाइकलको इन्जिन, फ्रेम र गियर सिस्टममा कुनै परिवर्तन गरिएको छैन।  यी मोटरसाइकलहरु मध्ये रोनिन मोडललाई  एक्सप्लोरेशन थीममा तयार पारिएको छ । यसमा ड्युअल पर्पस टायर, नयाँ फ्रन्ट मडगार्ड तथा मोड्युलर लगेज सिस्टम जडान गर्न मिल्ने बलियो रियर क्यारियर जस्ता विशेषता समावेश छ ।

२०२६ को रण उत्सवमा टीभीएस मोटर कम्पनीको प्रस्तुति मोटरसाइकल डिजाइन, सांस्कृतिक प्रेरणा र साहसिक अनुभवको संगमका रूपमा उभिएको छ, जसले सहभागी र दर्शक दुवैको ध्यान आकर्षित गर्न सफल भएको देखिन्छ।

सम्बन्धित समाचारहरू

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा उपहारमा दैनिक सुनको सिक्का र १ लाखसम्म छुट

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा उपहारमा दैनिक सुनको सिक्का र १ लाखसम्म छुट

काठमाडौं–टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको कर तिर्नु नपर्ने

टीभीएस मोटरसाइकल र स्कुटर किन्दा दुई वर्षको कर तिर्नु नपर्ने

टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्दा दुई वर्षको कर नलाग्ने स्किम आएको छ ।...

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – टीभीएसले केही दिन पहिले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...