आयो टीभीएस मेरो साथी स्किम, लाइफ टाइम वारेन्टीको सुविधा र अन्य

काठमाडौं – नेपाली टु ह्विलर बजारमा टेक्नोलोजी चयाम्पियन्सको रुपमा स्थापित टीभीएसले नयाँ वर्षको अवसर पारि ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ ।

‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्ध गराउने भएको हो ।

गुणस्तर र टेक्नोलोजी फ्रेन्ड्ली सवारी साधनको उत्पादनमा सधैं अगाडि रहेको सो ब्रान्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माझ निकै ठूलो प्रभाव पार्न सफल बनेको बताएको छ । स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोड र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्ड्ली बनाउँदै सबैको मन जित्न सफल टीभीएस बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्रान्ड भएको बताइएको छ ।

‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्ध गराएको छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, सियोर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागु हुनेछ ।

नेपाली बजारमा जगदम्बा मोटर्सले टीभीएसका दुई पांग्रे सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

१२५ सीसीमा टीभीएस, होन्डा र यामाहा स्कुटरबीच प्रतिस्पर्धा, यस्तो छ मूल्य र फिचर्स

१२५ सीसीमा टीभीएस, होन्डा र यामाहा स्कुटरबीच प्रतिस्पर्धा, यस्तो छ मूल्य र फिचर्स

स्कुटर बजारमा पछिल्लो समय १२५ सीसी सेग्मेन्टको माग अत्याधिक मात्रामा...

नयाँ डीआरएल सहित अपडेट भएर आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

नयाँ डीआरएल सहित अपडेट भएर आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

टीभीएसले भारतीय बजारमा २०२२ अपाचे आरटीआर १६०आर ४भीे बाइक लन्च गरेको छ ।...

२ लाख ८० हजारमा आयो टिभिएस एनटर्कको बिएस–६ एफआई भेरिएन्ट

२ लाख ८० हजारमा आयो टिभिएस एनटर्कको बिएस–६ एफआई भेरिएन्ट

काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...