टीभीएस रोनिनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र फिचर
टीभीएसले आफ्नो पहिलो क्रुजर मोटरसाइकल रोनिनको विशेष संस्करण लन्च गरेको छ...
टिभिएस मोटर्सले रेडरको फिचर्समा अपडेट गरेर नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ । यो नयाँ भेरिएन्टमा उसले ५ इन्चको टिएफटी डिस्प्ले थप गरेको छ । उक्त डिस्प्लेलाई स्मार्ट फोनमा कनेक्ट गरी नेटिफिकेसन अलर्ट, मौसम सम्वन्धि जानकारी र टर्न वाई टर्न नेभिगेसन लगायत फिचर्स हेर्न सकिन्छ ।
साथै मोटरसाइकलमा इन्धन सक्किन लागेको जानकारी र नजिकैको पेट्रोल पम्पलाई नेभिगेसनमार्फत हेर्न समेत सकिन्छ । उक्त डिस्प्लेमार्फत राइडरले भ्वाइस एसिस्ट फिचर्स प्रयोग गर्न सक्नेछन् भने डिस्प्लेको कलर एड्जस्ट समेत गर्न सकिन्छ ।
यो नयाँ भेरिएन्टको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । रेगुलर भेरिएन्टमा जस्तै यसमा पनि १२४.८ सिसीको आयल कुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११.४ एचपी र टर्क ११.२ एनएम रहेको छ ।
५ स्पिड गियर वक्सलाई निरन्तरता दिइइको यसमा रेगुलर मोडलमा जस्तै इको र पावर मोड उपलब्ध छ । टेलिस्कोपिक फर्क र मोनोशस सस्पेन्स जडित यो बाइकमा १७ इन्चको आकर्षक एलोई ह्विल दिइएको छ । यसको अगाडी चक्कामा मात्र डिस्क वे्रेक जडान गरिएको छ ।
यो नयाँ भेरिएन्टको मूल्य ९९ हजार ९९० भारु निर्धारण गरिएको छ । यसले हिरो ग्ल्यामर एक्सटेकसंग सिधा प्रतिस्पर्धा गर्न कम्पनीको भनाई छ । यो मोटरसाइकल अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुने यहाँस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स स्रोतले बताएको छ ।
टीभीएसले आफ्नो पहिलो क्रुजर मोटरसाइकल रोनिनको विशेष संस्करण लन्च गरेको छ...
फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...
पावरफुल र स्टाइलिस मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने राइडरको रोजाइमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...