टिभिएसले ल्यायो जुपिटरको अपडेटेड भर्सन, स्मार्ट कनेक्ट र भ्वाइस एसिस्ट फिचर्स थप

टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ । यो अपडेटेड भर्सनमा कम्पनीले पहिलोपटक ११० सिसी सेग्मेन्टमा स्मार्ट एक्सोन्नेक्ट कनेक्टिभिटी सहितको पूर्णत डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । जसमार्फत राइडरले आफ्नो मोबाइल फोनलाई ब्लुतुथ मार्फत टिभिएस कनेक्ट स्मार्ट फोन एपमा कनेक्ट गरी भ्वाइस कमान्ड, नेभिगेसन, कल र एसएमएस अलर्ट लगायत फिचर्सलाई प्रयोगमा ल्याउन सक्नेछन् ।

यो स्कुटरमा अर्को आकर्षक प्रबिधी इन्टेली गो समेत थप गरिएको छ । जुन आइडल स्टार्ट–स्टप सिस्टममा आधारित रहेको छ । साथै यो स्कुटरमा आई टर स्टार्टसंगै इन्टिग्रेटेड स्टार्टर जेनेरेटर सिस्टम समेत उपलब्ध गराइएको छ । यो नयाँ मोडलमा एलइडी हेडलाइट, स्मार्ट फोच चार्जर सहितको २ लिटर ग्लोभ बक्स, २१ लिटरको अन्डर सिट स्टोरेज, फ्रन्ट डिस्क ब्रेक र कम्बाइन्ट ब्रेकिङ सिस्टम दिइएको छ ।

साथै यसमा नयाँ पेन्ट स्किम, डुअल टोन सिट, सुधार गरिएको पछाडीको सिट र पछाडी ब्याक रेष्ट समेत थप गरिएको छ । यसको इन्जिन र पावरट्रेन सहित अन्य मेकानिकल पक्षमा भने कुनै परिबर्तन गरिएको छैन । यसअघिको १०९.७ सिसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिनलाई निरन्तरता दिइएको छ । जसको अधिकतम पावर ७.८८ पिएस र टर्क ८.८ एनएम रहेको छ । भारतीय बजारमा यसको मूल्य ८१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

काठमाडौं – सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर...

पोखरामा टिभिएस एनटर्कको माइलेज टेष्ट सम्पन्न

पोखरामा टिभिएस एनटर्कको माइलेज टेष्ट सम्पन्न

पोखरा– टिभिएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

टीभीएसले ग-यो नारायणी क्षेत्रमा ४० जना राइडरको साथमा एओजी राइड

टीभीएसले ग-यो नारायणी क्षेत्रमा ४० जना राइडरको साथमा एओजी राइड

काठमाडौं – टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...