टिभिएसले ल्यायो जुपिटरको अपडेटेड भर्सन, स्मार्ट कनेक्ट र भ्वाइस एसिस्ट फिचर्स थप

टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ । यो अपडेटेड भर्सनमा कम्पनीले पहिलोपटक ११० सिसी सेग्मेन्टमा स्मार्ट एक्सोन्नेक्ट कनेक्टिभिटी सहितको पूर्णत डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । जसमार्फत राइडरले आफ्नो मोबाइल फोनलाई ब्लुतुथ मार्फत टिभिएस कनेक्ट स्मार्ट फोन एपमा कनेक्ट गरी भ्वाइस कमान्ड, नेभिगेसन, कल र एसएमएस अलर्ट लगायत फिचर्सलाई प्रयोगमा ल्याउन सक्नेछन् ।

यो स्कुटरमा अर्को आकर्षक प्रबिधी इन्टेली गो समेत थप गरिएको छ । जुन आइडल स्टार्ट–स्टप सिस्टममा आधारित रहेको छ । साथै यो स्कुटरमा आई टर स्टार्टसंगै इन्टिग्रेटेड स्टार्टर जेनेरेटर सिस्टम समेत उपलब्ध गराइएको छ । यो नयाँ मोडलमा एलइडी हेडलाइट, स्मार्ट फोच चार्जर सहितको २ लिटर ग्लोभ बक्स, २१ लिटरको अन्डर सिट स्टोरेज, फ्रन्ट डिस्क ब्रेक र कम्बाइन्ट ब्रेकिङ सिस्टम दिइएको छ ।

साथै यसमा नयाँ पेन्ट स्किम, डुअल टोन सिट, सुधार गरिएको पछाडीको सिट र पछाडी ब्याक रेष्ट समेत थप गरिएको छ । यसको इन्जिन र पावरट्रेन सहित अन्य मेकानिकल पक्षमा भने कुनै परिबर्तन गरिएको छैन । यसअघिको १०९.७ सिसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिनलाई निरन्तरता दिइएको छ । जसको अधिकतम पावर ७.८८ पिएस र टर्क ८.८ एनएम रहेको छ । भारतीय बजारमा यसको मूल्य ८१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै, देखियो टीएफटी स्क्रिन

टीभीएसले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै, देखियो टीएफटी स्क्रिन

टीभीएस मोटर कम्पनीले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ ।...

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१

टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१ भारतीय...

आरपी सिरिजमा आयो टीभीएसको मोटरसाइकल : थप पावरफुल, २ सय युनिट मात्र बिक्री गरिने

आरपी सिरिजमा आयो टीभीएसको मोटरसाइकल : थप पावरफुल, २ सय युनिट मात्र बिक्री गरिने

नयाँ आरपी मोनिकरको टिजर सार्वजनिक गरेको दुई दिनमै टीभीएसले नयाँ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...