बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने

भारतमा बजाज फ्रिडम १२५ ले अहिले चर्चा पाएको छ । विश्वकै पहिलो सीएनजी बाइकको रुपमाा सो मोटरसाइकलले चर्चा पाएको हो । यद्यपि यसको बिक्री भने अझै प्रारम्भ भएको छैन ।

यही चर्चा बिच टीभीएसले पनि सीएनजी भर्सनमा काम गर्न थालेको समाचार सार्वजनिक भएको छ । टीभीएसले हालको जुपिटर स्कुटरलाई सीएनजीमा ल्याउने तयारी थालेको छ । यसो भयो भने टीभीएस जुपिटर फ्याक्ट्री–फिटेड सीएनजी किटका साथ उपलब्ध हुने विश्वकै पहिलो स्कुटर हुनेछ । टीभीएसले पहिले देखि नै वैकल्पिक इन्धन प्रविधिमा कार्य गर्दै आएको बताएको छ ।

यसका लागि टीभीएसले यु७४० कोडनेम अन्तर्गत कार्य गरिरहेको छ । यस अनुसार यो वर्षको अन्त्य वा २०२५ को शुरुमै यो स्कुटर बजारमा उपलब्ध हुनेछ । कम्पनीले प्रतिमहिना एक हजार युनिट सीएनजी स्कुटर बिक्री गर्ने योजना बनाएको छ ।

बजाजको जस्तै टीभीएसले पनि सीएनजी र पेट्रोल गरी दुई वैकल्पिक ट्यांक उपलब्ध गराउने अनुमान गरिएको छ । यद्यपि यसलाई कसरी एडजस्ट गर्छ भन्ने वारेमा भने केही सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरू

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड आयोजना हुने

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड आयोजना हुने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...

टीभीएस विक्रेता युनिराइड अटोको आयोजनामा राइड कार्यक्रम सम्पन्न

टीभीएस विक्रेता युनिराइड अटोको आयोजनामा राइड कार्यक्रम सम्पन्न

ललितपुर – टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्रेता युनिराइड अटोको आयोजनामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...