२० औं वार्षिकोत्सवमा टीभीएसको लिमिटेड एडिसन मोडल अपाचे लन्च
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय बाइक सिरिज अपाचेको २० वर्ष पूरा भएको...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ टीभीएस जुपिटर स्कुटर बिक्री–वितरण गर्ने तयारी गरेको छ । अर्को साता औपचारिक रुपमा सो स्कुटर नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जानकारी सार्वजनिक गरेको छ ।
टीभीएस जुपिटर पहिले पनि नेपाली बजारमा उपलब्ध थियो । तर अब यसको परिमार्जित भर्सन उपलब्ध हुन थालेको हो । यसमा ११३ सीसीको इन्जिन छ । सो इन्जिनले ८ बीएचपी पावर र ९.२ एनएम टर्क जेनेरेट गर्छ । सीभीटी गियरबक्सयुक्त सो स्कुटरलाई हल्का बनाउनका लागि विभिन्न हलुका मेटरियल र पोलिमरको प्रयोग गरिएको छ ।
बेस्ट–इन–क्लास फिचरको रुपमा टीभीएस जुपिटरमा युएसबी मोबाइल चार्जिङ, साइलेन्ट स्टार्ट, फ्रन्ट लेग स्पेस, फ्रन्ट २ लिटर ग्लोभबक्स, फाइन्ड माई भेइकल, भ्वाइस असिस्ट, ई–जेड सेन्टर स्ट्यान्ड, मेटल म्याक्स बडी, एलईडी हेडल्याम्प, कल अलर्ट, नेभिगेसन र एसबीटी सहितको डिस्क ब्रेक लगायतका फिचर छन् ।
त्यसैगरी फर्स्ट–इन–क्लास फिचरको रुपमा डलब हेल्मेट स्पेस, आईजीओ असिस्ट, डिस्टेन्स टु एम्प्टी, हाजार्ड ल्याम्प्स, इमर्जेन्सी ब्रेक वार्निङ, फुल्ली डिजिटल कन्सोल, फ्रन्ट फ्युल फिल, एभरेज फ्युल इकोनोमी, इन्फिनिटी ल्याम्प्स, फलो मी हेडल्याम्प, रियल टाइम फ्युल इकोनोमी, बडी ब्यालेन्स टेक्नोलोजी, पियानो ब्ल्याक फिनिस र सबैभन्दा लामो सिट लगायतका फिचर छन् ।
पहिलेको जुपिटरको तुलनामा नयाँ जुपिटरमा अपडेटेड इन्जिनका साथै सेफ्टी र अन्य धेरै फिचर थपिएका हुन् । यसको डिजाइन नै पहिले भन्दा फरक छ । पहिलेको परम्परागत डिजाइनको तुलनामा नयाँ जुपिटर स्कुटरमा स्लिक एलईडी बार सहितको डिजाइन छ । त्यसैगरी नयाँ कलर अप्सनका साथै स्टोरेजका लागि फ्युल ट्यांकी पनि फ्लोरबोर्डसँगै राखिएको छ ।
फोन कनेक्टिभिटी, नेभिगेसन र भ्वाइस कमान्डका साथै ३३ लिटरको बुट स्पेस, युएसबी चार्जरलगायतका फर्स्ट–इन–क्लास र बेस्ट–इन–क्लास फिचरले यसलाई फरक बनाएको छ ।
पहिले भन्दा अझै बढी पावर, स्टाइल, सहजता, माइलेज र कम्फर्टका साथ उपलब्ध हुने टीभीएसको नयाँ जुपिटरको मूल्य कति पर्ला ? यो पनि धेरैका लागि चासो हुन सक्छ । यद्यपि यसको औपचारिक मूल्यका लागि भने लन्चिङ समय नै पर्खिनु पर्नेछ । यद्यपि यसको मूल्य २ लाख ५० हजार देखि २ लाख ६० हजार रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय बाइक सिरिज अपाचेको २० वर्ष पूरा भएको...
भारतिय टु ह्विलर उत्पादक टीभीएसले यूरोपमा आफ्नो बजार विस्तार गर्ने भएको छ...
भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...