२० औं वार्षिकोत्सवमा टीभीएसको लिमिटेड एडिसन मोडल अपाचे लन्च

टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय बाइक सिरिज अपाचेको २० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष लिमिटेड एडिसन मोडल र नयाँ टप इन्ड भेरिएन्ट लन्च गरेको छ। यसमा आरटीआर १६० फोरभी र आरटीआर २०० फोरभीका नयाँ फ्ल्यागशिप मोडल समेत समावेश छ ।

अपाचेको यात्रा आरटीआर १५० बाट सुरु भएको थियो र अहिले आरटीआर १६०, १८०, २००, आरटीआर ३१० र आरआर ३१० सम्म विस्तार भइसकेको छ। यस सिरिजले बजाज पल्सर, यामाहा एफजेड र केटीएम ड्युक जस्ता बाइकसँग प्रतिस्पर्धा गर्दै आएको छ । अपाचे बाइक टीभीएसको रेसिङ हेरिटेजको एक महत्वपूर्ण हिस्सा हो। कम्पनीको चार दशक लामो रेसिङ अनुभवले यसमा रेस–ट्युन एफआई, स्लिपर क्लच र राइड मोडजस्ता प्रविधि ल्याएको छ ।

२० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आरटीआर १६०, १८०, २००, ३१० र आरआर ३१० को लिमिटेड एडिसन भर्सन लन्च गरेको छ। यी बाइकमा विशेष ब्ल्याक एण्ड च्याम्प्लिन गोल्ड पेन्ट स्किम, ड्युअल टोन अलोय ह्विल र २० औं वार्षिकोत्सवको विशेष लोगो दिइएको छ। साथै, अपाचेमा पहिलो पटक युएसबी चार्जर पनि उपलब्ध गराइएको छ।

नयाँ टप एन्ड आरटीआर १६० फोरभी र २०० फोरभीमा महत्वपूर्ण अपडेट गरिएको छ। दुबै बाइक फुल एलईडी क्लास डी प्रोजेक्टर हेडल्याम्प र एलईडी डीआरएलसहित आएको छ । यसमा नयाँ ५ इन्चको टीएफटी स्क्रिनमा ब्लुटुथ, नेभिगेसन र भ्वाइस असिस्ट उपलब्ध छ। आरटीआर २०० फोरभीमा अब ट्रेक्सन कन्ट्रोल, असिस्ट स्लिपर क्लच र ड्युअल च्यानल एबीएस पनि थपिएको छ।

आरटीआर १६० फोरभीले करिब १७ बीएचपी पावर र आरटीआर २०० फोरभीले करिब २० बीएचपी पावर उत्पादन गर्छ । दुबैमा अर्बन, रेन र स्पोर्ट राइड मोड र एडजस्टेबल लिभरजस्ता प्रिमियम फिचर राखिएको छ । अहिलेसम्म अपाचे सिरिजले ६५ लाख युनिटभन्दा बढी बिक्री गरिसकेको छ र ८० देशमा निर्यात भएको छ।

सम्बन्धित समाचारहरू

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

२५० सीसी माथिका मोटरसाइकल : कुन महिनामा कति मूल्यका भित्रिए नेपाल ?

२५० सीसी माथिका मोटरसाइकल : कुन महिनामा कति मूल्यका भित्रिए नेपाल ?

नेपाली बजारमा हाल २५० सीसी वा सो भन्दा बढी क्षमताका मोटरसाइकल आयात गर्न...

यस्तो छ नेपाली बजारमा हालै बुकिङ खुला गरिएको प्रोटोन एक्स५० मा भएका ९ फरक विशेषता

यस्तो छ नेपाली बजारमा हालै बुकिङ खुला गरिएको प्रोटोन एक्स५० मा भएका ९ फरक विशेषता

नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...