अब टीभीएस राइडर १२५ ड्युअल च्यानल एबीएससहित नयाँ अपडेट
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय मोटरसाइकल राइडर १२५ मा पुनः अपडेट...
काठमाडौं–टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको आयोजनामा बुटवलमा अपाचे रेस एक्सपेरियन्स जीपी रेसिङ क्वालिफायर्स सम्पन्न भएको छ ।
तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा भएको यस प्रतियोगितामा उदीयमान राइडरहरूको अत्यधिक सहभागिता रहेको थियो ।
बुटवल क्षेत्रबाट प्राप्त अभूतपूर्व उत्साहका कारण ७६ जनाको सहभागिता पुग्नेबित्तिकै दर्ता प्रक्रिया रोक्नुपरेको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय च्याम्पियनहरू सुजन थापा मगर र नवाङ मोक्तानले सहभागीहरूलाई राइडिङ पोस्चर, कर्नरिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी व्यावसायिक प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण पश्चात् भएको १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेसबाट ग्रान्ड फिनालेका लागि शीर्ष तीन फाइनलिस्टहरू घोषित भएका छन् । जसमा धीरज बि.क विजेता बनेका छन् भने फस्र्ट रनरअपमा अभिषेक पन्थी र सेकेन्ड रनरअपमा अरिक श्रेष्ठले बाजी मारेका छन् ।
छनोट भएका यी तीनै जना राइडरहरूले अब काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका शीर्ष प्रतियोगीहरूसँग ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।
साथै, ग्रान्ड फिनालेका विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...