टिभिएस आइक्यूवको अपडेटेड मोडल, रेन्ज र फिचर्स बढ्दा मूल्य भने कम भयो

टिभिएस मोटर्सले हिजो लन्च गरेको आइक्यूवको अपडेटेड मोडल यसअघिको रेगुलर मोडलको तुलनामा सस्तो भएर आएर आएको छ । फिचर्स र रेन्ज बढाइए पनि मूल्य भने कम भएर आएका कारण यो स्कुटरले ग्राहकको विश्वास जित्ने अपेक्षा लिइएको छ ।

आइक्यूवको यो नयाँ मोडल तीन भिन्न भेरियन्टमा उपलब्ध रहेको छ । जसमध्ये वेस भेरियन्टको मूल्य ९८ हजार ५ सय भारु तोकिएको छ भने मिड भेरियन्ट आईक्यूव एसको मूल्य १ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । सवैभन्दा माथिको भेरियन्ट आइक्यूव एसटीको भने हालसम्म मूल्य निर्धारण नगरिएपछि १ हजार भारुमा वुकिङ लिन सकिने व्यवस्था मिलाइएको छ ।

आइक्यूव यसअघि जम्मा एउटा भेरियन्टमा मात्र उपलब्ध रहँदै आएको थियो । ७५ किलोमिटर रेन्ज दिने दाबी गरिएको सो स्कुटरको सुरुवाती मूल्य नै १ लाख १५ हजार भारु निर्धारण गरिएको थियो । तर अहिले लन्च भएको नयाँ मोडलमा ठूलो साइजको व्याट्री प्याक सहित कनेक्टिभिटी र अन्य फिचर्स समेत थप गरिएको छ । पुरानो मोडलमा २.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएकोमा यो नयाँ मोडलको वेस र मिड भेरियन्टमा यसलाई बढाएर ३.४ किलोवाट आवर पुर्याइएको छ । टप भेरियन्टमा भने ५.१ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ ।

यसको वेस भेरियन्टले १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्ने दाबी गरिएको छ । यो भेरियन्टमा टिभिएसले ५ इन्चको टिएफटी स्क्रिन थप गरेको छ । यसैगरी मिड भेरियन्टले पनि १ सय किलोमिटर कै रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यो भेरियन्टमा ७ इन्चको टिएफटी स्क्रिन दिइएको छ ।

सबैभन्दा माथीको भेरियन्ट एसटीले १४० किलोमिटर रेन्ज प्रदान गर्ने टिभिएसले दाबी गरेको छ । रेन्ज बढाउनको लागी यसमा ५.१ किलोवाट आवर क्षमताको व्याट्री प्याक जडान गरिएको हो । ७ इन्चकै टिएफटी डिस्प्ले दिइएको यो भेरियन्टमा केही वढी सामान राख्ने मिल्ने अन्डसिट स्टोरेज र १.५ किलोवाट आवरको फास्ट चार्जिङ सुविधा थप गरिएको छ ।

यी तीनवटै भेरियन्टमा टिभिएसले स्मार्ट एक्स कनेक्ट र एलेक्सा डिभाइसको साहयतामा राइडरले घरमै वसी आफ्नो आइक्युव स्कुटरमा कति प्रतिशत चार्ज छ भने सोध्नका लागी अमेजन एलेक्सा कनेक्टिभिटी समेत उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसका प्रदर्शनमुखी, युवामुखी र प्रविधि सम्पन्न २ नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक

टीभीएसका प्रदर्शनमुखी, युवामुखी र प्रविधि सम्पन्न २ नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक

काठमाडौं – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६०...

एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर...

टीभीएसले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै, देखियो टीएफटी स्क्रिन

टीभीएसले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै, देखियो टीएफटी स्क्रिन

टीभीएस मोटर कम्पनीले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...