किन हरायो टीभीएसको क्लच बिनाको बाइक ‘जाइभ’ ?
टीभीएसले दुई पाङ्ग्रे सवारी साधनको टेक्नोलोजी विकासमा महत्वपूर्ण भूमिका...
टिभिएस मोटर्सले हिजो लन्च गरेको आइक्यूवको अपडेटेड मोडल यसअघिको रेगुलर मोडलको तुलनामा सस्तो भएर आएर आएको छ । फिचर्स र रेन्ज बढाइए पनि मूल्य भने कम भएर आएका कारण यो स्कुटरले ग्राहकको विश्वास जित्ने अपेक्षा लिइएको छ ।
आइक्यूवको यो नयाँ मोडल तीन भिन्न भेरियन्टमा उपलब्ध रहेको छ । जसमध्ये वेस भेरियन्टको मूल्य ९८ हजार ५ सय भारु तोकिएको छ भने मिड भेरियन्ट आईक्यूव एसको मूल्य १ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । सवैभन्दा माथिको भेरियन्ट आइक्यूव एसटीको भने हालसम्म मूल्य निर्धारण नगरिएपछि १ हजार भारुमा वुकिङ लिन सकिने व्यवस्था मिलाइएको छ ।
आइक्यूव यसअघि जम्मा एउटा भेरियन्टमा मात्र उपलब्ध रहँदै आएको थियो । ७५ किलोमिटर रेन्ज दिने दाबी गरिएको सो स्कुटरको सुरुवाती मूल्य नै १ लाख १५ हजार भारु निर्धारण गरिएको थियो । तर अहिले लन्च भएको नयाँ मोडलमा ठूलो साइजको व्याट्री प्याक सहित कनेक्टिभिटी र अन्य फिचर्स समेत थप गरिएको छ । पुरानो मोडलमा २.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएकोमा यो नयाँ मोडलको वेस र मिड भेरियन्टमा यसलाई बढाएर ३.४ किलोवाट आवर पुर्याइएको छ । टप भेरियन्टमा भने ५.१ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ ।
यसको वेस भेरियन्टले १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्ने दाबी गरिएको छ । यो भेरियन्टमा टिभिएसले ५ इन्चको टिएफटी स्क्रिन थप गरेको छ । यसैगरी मिड भेरियन्टले पनि १ सय किलोमिटर कै रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यो भेरियन्टमा ७ इन्चको टिएफटी स्क्रिन दिइएको छ ।
सबैभन्दा माथीको भेरियन्ट एसटीले १४० किलोमिटर रेन्ज प्रदान गर्ने टिभिएसले दाबी गरेको छ । रेन्ज बढाउनको लागी यसमा ५.१ किलोवाट आवर क्षमताको व्याट्री प्याक जडान गरिएको हो । ७ इन्चकै टिएफटी डिस्प्ले दिइएको यो भेरियन्टमा केही वढी सामान राख्ने मिल्ने अन्डसिट स्टोरेज र १.५ किलोवाट आवरको फास्ट चार्जिङ सुविधा थप गरिएको छ ।
यी तीनवटै भेरियन्टमा टिभिएसले स्मार्ट एक्स कनेक्ट र एलेक्सा डिभाइसको साहयतामा राइडरले घरमै वसी आफ्नो आइक्युव स्कुटरमा कति प्रतिशत चार्ज छ भने सोध्नका लागी अमेजन एलेक्सा कनेक्टिभिटी समेत उपलब्ध गराइएको छ ।
टीभीएसले दुई पाङ्ग्रे सवारी साधनको टेक्नोलोजी विकासमा महत्वपूर्ण भूमिका...
नेपाली टु ह्विलर बजारमा कम्युटर मोटरसाइकलको बजार निकै राम्रो रहेको पाइन्छ...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...