तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...
टीभीएस मोटर्सको इलेक्ट्रिक स्कुटर आईक्युब राम्रो सेल्स गर्नका लागि भारतमा मेगा डेलिभरी प्रोग्राम गरिएको छ । सो प्रोग्राम मार्फत कम्पनीले १० दिनमा १ हजार आईक्युब इलेक्ट्रिक स्कुटर डेलिभरी गरेको छ । सो स्कुटर २०२० मा लन्च गरिएको थियो । स्कुटरको १ लाख भन्दा बढी युनिट डेलिभरी भइसकेको छ ।
कम्पनीका अनुसार पेट्रोल सवारीसाधन ५० हजार किमी चलाउदा १ लाख खर्च हुन्छ भने आईक्युब इलेक्ट्रिक स्कुटर ५० हजार किमी चलाउदा ६ हजार ४६६ भारु मात्र खर्च हुने जानकारी दिएको छ ।
आईक्युब इलेक्ट्रिक स्कुटर सिंगल चार्जमा १८.७५ भारु खर्च लाग्ने कम्पनीको भनाइ छ । यसको आईक्युब एसटी मोडल ४ घण्टा ६ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । त्यसपछि यसलाई १४५ किमीसम्म चलाउन सकिन्छ ।
टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरमा ७ इन्च टीएफटी टचस्क्रिन, क्लिन यूआई, इन्फिनिटी थिम पर्सनलाइजेसन, भ्वाइस असिस्ट, ओटीए अपडेट, चार्जरको साथमा प्लग एन्ड प्ले क्यारीको साथ फास्ट चार्जिङ, सेफ्टी इन्फर्मेसन, ब्लुटुथ र क्लाउड कनेक्टिभिटीको विकल्प, ३२ लिटर स्टोरेज स्पेस जस्ता फिचर रहेको छ ।
यसमा ५.१ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ, जसको रेन्ज १४० किमी छ । यसमा फाइभवे जायस्टिक इन्टरएक्टिभिटी, म्युजिक कन्ट्रोल, भेइकल हेल्थको साथ प्रोएक्टिभ नोटिफिकेसन, फोरजी टेलिम्याटिक्स र ओटीए अपेडट गरिएको छ ।
यसमा स्मार्टकनेक्ट प्लेटफर्मको उत्कृष्ट नेभिगेसन सिस्टम, टेलिम्याटिक्स युनिट, एन्टि थेफ्ट र जियोफेसिङ जस्ता सुविधा पनि रहेको छ ।
नेपालमा पनि हाल यो स्कुटरको परीक्षण चलिरहेको छ । यसको औपचारिक लन्च समेत हुने बताइएको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...
भारतको मध्यप्रदेशको छिन्दवाडा सहरका अपाङ्ग सन्तोष साहु भिख माग्छन् तर...
टीभीएस मोटर्सले आफ्नो लोकप्रिय मोडल टीभीएस अपाचे आरटीआर १६० ४भी को अपडेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...