पोखरामा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु

पोखरा - टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ ।

यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा रु.२५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै शून्य प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरि जम्मा रु. १ लाख ७ हजारको डाउनपेमेन्टमा नै टीभीएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एसेसरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टीभीएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ गतेदेखि पुस ६ गतेसम्म टीभीएसको पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रा. लि.ले सञ्चालन गरेको हो ।

सम्बन्धित समाचारहरू

सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

टीभीएसले भारतमा अपडेटेड रेडिअन ११० सीसी कम्युटर मोटरसाइकल सार्वजनिक...

नेपालकै सोरुममा टीभीएसको मोटरसाइकल राइडर १२५, २ लाख ४८ हजार मूल्यका साथ लन्च हुँदै

नेपालकै सोरुममा टीभीएसको मोटरसाइकल राइडर १२५, २ लाख ४८ हजार मूल्यका साथ लन्च हुँदै

काठमाडौं – भारतमा केही दिन पहिले मात्र लन्च गरिएको टीभीएसको नयाँ...

नेपालगन्जमा एनओजी राइड सम्पन्न

नेपालगन्जमा एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...