टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

काठमाडौं - टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँमा टीभीएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ ।

जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टीभीएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टीभीएसको बानेश्वर शोरुमका ओनर श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए ।

टीभीएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाएका थिए । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

यो राइडले टीभीएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरू बीचको सद्भावलाई पनि बलियो बनाएको छ ।

सम्बन्धित समाचारहरू

टिएफटी डिस्प्ले थप भएर आयो टिभिएस रेडरको नयाँ भेरिएन्ट

टिएफटी डिस्प्ले थप भएर आयो टिभिएस रेडरको नयाँ भेरिएन्ट

टिभिएस मोटर्सले रेडरको फिचर्समा अपडेट गरेर नयाँ भेरिएन्ट सार्वजनिक गरेको...

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

काठमाडौं– टीभीएस एनटर्कले टु–ह्विलर बजारमा पछिल्लो समय निकै राम्रो चर्चा...

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

हिरो मोटोकर्प र हार्ले डेभिडसनको साझेदारीमा बनेको बाइकको पहिलो तस्बिर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...