टीभीएस आईक्युबको ग्रिन रेभोलुसन राइड सम्पन्न, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

काठमाडौँ – नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ । टीभीएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने) , राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मुल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको ४ महिनाभन्दा कम समयमा नै टीभीएस आईक्युबले सो उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको भनाइ छ ।

सो ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो । साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ । सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ । साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पु¥याएको छ ।

विश्वव्यापी रूपमा टीभीएस आईक्युब २ लाख २५ हजार घरहरुमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटर भन्दा बढी दुरी गुड्दा टीभीएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ ।

१ लाख किलोमिटरको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रालिको सहकार्यमा टीभीएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ । नक्सालको टीभीएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टीभीएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागिता थियो ।

टीभीएस आईक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आईक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ । पावर ईको मोडले राइडलाई रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । ७ इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्दछ ।

सम्बन्धित समाचारहरू

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले...

टीभीएस रेडरको सुपर स्क्वाड एडिसन लन्च, यस्तो छ बाइक

टीभीएस रेडरको सुपर स्क्वाड एडिसन लन्च, यस्तो छ बाइक

टीभीएसले भारतमा टीभीएस रेडरलाई मार्वलको सुपर हिरोबाट प्रेरित राइडर सुपर...

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

काठमाडौं – जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...