सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामक बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । आगामी असोज ३१ सोमबारबाट कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने सो भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् ।

सो मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिदा बजार मुल्याङ्कन भन्दा ७ हजार रुपैयाँ भन्दा बढी पाउने छन् । साथै, नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट समेत पाउन सकिने छ ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४,२७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकल र स्कुटर किन्दा ब्याज नलाग्ने टीभीएसको नयाँ वर्ष अफर

मोटरसाइकल र स्कुटर किन्दा ब्याज नलाग्ने टीभीएसको नयाँ वर्ष अफर

काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक...

टीभीएस एक्सचेन्ज मेला सुरु, पुरानो मोटरसाइकलमा ५० हजारसम्म अतिरिक्त मूल्यांकन

टीभीएस एक्सचेन्ज मेला सुरु, पुरानो मोटरसाइकलमा ५० हजारसम्म अतिरिक्त मूल्यांकन

काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा...

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...