भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला प्रारम्भ, डाउन पेमेन्ट वापत पैसा तिर्नु नपर्ने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला प्रारम्भ भएको छ । आगामी असोज ६ गते सम्म चल्ने उक्त मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग टीभीएसको मोटरसाइकल वा स्कुटर साट्न सकिने छ ।

पुरानो मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यांकन भन्दा थप १० हजार रुपैयाँ उपलब्ध गराइने टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । आफूलाई मन पर्ने मोडल खरिद गर्दा फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरको सुविधा उपलब्ध छ ।

त्यसैगरी पुरानो मोटरसाइकल वा स्कुटरको भ्यालुएसन गरिने र त्यसैलाई डाउन पेमेन्ट रकम मानिने हुनाले थप रकम डाउन पेमेन्टको रुपमा तिर्नु पर्दैन । बाँकी रकम फाइनान्समार्फत उपलब्ध गराइने हुँदा मासिक रुपमा किस्ताको रुपमा बुझाउन सकिन्छ ।

दसैंलगायतका विभिन्न चाडपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको सो टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेलामार्फत ग्राहकले टीभीएसको नयाँ स्किम ‘६ प्राइजको सरप्राइज’ समेत पाउने छन् । यस अन्तर्गत ६ पटक सम्म विभिन्न अफर जित्ने मौका प्राप्त हुनेछ ।

सम्बन्धित समाचारहरू

टीभीएसको महा एक्सचेन्ज मेला प्रारम्भ, चाडपर्वमा सवारी साधन अपग्रेड गर्ने सुनौलो मौका

टीभीएसको महा एक्सचेन्ज मेला प्रारम्भ, चाडपर्वमा सवारी साधन अपग्रेड गर्ने सुनौलो मौका

काठमाडौं – दशैको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ को आयोजना...

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...

अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर लगायत टीभीएसका धेरै मोडलको बढ्यो मूल्य

अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर लगायत टीभीएसका धेरै मोडलको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...