टीभीएसले ल्यायो बाइक र स्कुटर किन्दा ६ पटक सम्म उपहार जित्ने अवसर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बडादशै, तिहार र छठ पर्वको अवसरमा ‘६ प्राइजको सरप्राइज’ नामक अफर ल्याएको घोषणा गरेको छ ।

यस अफर अन्तर्गत टीभीएसको बाइक वा स्कुटर किन्दा ६ पटक सम्म विभिन्न पुरस्कार जित्ने मौका पाइने छ । सबैभन्दा पहिले कुनै पनि ग्राहकले https://tvsnepal.com/dashain/form मा लगइन गरेर आफूले किन्न चाहेको बाइक वा स्कुटर तथा आफ्नो नाम र मोबाइल नम्बर तथा ठेगानासहित फारम भर्नु पर्नेछ । यसका आधारमा बढीमा १ लाख रुपैयाँ सम्म जित्ने अवसर पाइने छ ।

त्यसैगरी बाइक किन्ने समयमा पनि अर्को स्किम प्राप्त हुनेछ । यो अवस्थामा समेत बढीमा १० लाख रुपैयाँ सम्म जित्न सकिने छ । प्रत्येक दिन रियल मी सी२० स्मार्टफोन उपहारको रुपमा प्रदान गरिने छ ।

यी वाहेक हरेक हप्ता शतप्रतिशत क्यासब्याक, हरेक महिना अपाचे आरआर ३१० मोटरसाइकल प्रदान गरिने छ भने बम्पर पुरस्कारको रुपमा अन्त्यमा एक जनालाई प्रोटोन सागा कार प्रदान गरिने छ ।

पहिलो पटक फारम भरेर इन्क्वायरी मात्र गरेका ग्राहकले समेत मोबाइल र अपाचे आरआर ३१० बाइक जित्न सक्ने अवसर पाउने छन् । अपाचे आरआर ३१० को मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ छ भने प्रोटोन सागा स्ट्यान्डर्डको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ ।

विभिन्न पुरस्कार विजेताको घोषणा लक्की ड्रमार्फत हिमालय टीभीमा हरेक शुक्रबार बेलुकी ६.४५ बजे गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

टीभीएसका बाइक वा स्कुटर किन्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरका साथै निश्चित प्रतिशत रकम डाउन पेमेन्ट गर्दा विभिन्न प्रकारको छुट समेत कम्पनीले उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

अब खल्ती वालेटबाट टीभीएसका सवारी साधनको किस्ता भुक्तानी गर्न सकिने

अब खल्ती वालेटबाट टीभीएसका सवारी साधनको किस्ता भुक्तानी गर्न सकिने

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीबाट अब टीभीएसका सवारी साधनको...

ललितपुरको भनिमण्डल बास्केटबल कोर्टमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला

ललितपुरको भनिमण्डल बास्केटबल कोर्टमा टीभीएस ग्राण्ड एक्सचेन्ज मेला

ललितपुर – महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो र कुमारीपाटीस्थित रेस...

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...