१३ हजारसम्मले महंगो भयो टिभिएस बाइक, यस्तो छ ७ मोडलमा वढेको नयाँ मूल्य

टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ७ वटा बाइकमा मूल्य बृद्धि गरेको छ । कम्पनीले सवैभन्दा कम आरटिआर–१६० फोरभी र टुभीमा ३ हजार रुपैयाँका दरले वढाएको छ भने आरटीआर–२०० एविएस एफआईमा सवैभन्दा वढी १३ हजार रुपैयाँ बृद्धि गरेको छ ।

यसअघी ३ लाख १२ हजार ९०० रुपैयाँ निर्धारण गरिएको आरटिआर–१६० फोरभीको नयाँ मूल्य ३ लाख १५ हजार ९०० पु¥याइएको छ भने टुभीको नयाँ मूल्य २ लाख ९४ हजार ९०० तोकिएको छ । यसैगरी यसअघि ४ लाख ११ हजार ९०० मा बिक्री हुँदै आएको आरटीआर–२०० एविएस एफआईको नयाँ मूल्य ४ लाख २४ हजार ९०० पु¥याएको छ ।

मूल्य बृद्धि भएका वाँकी ४ मोडलमध्ये आरटिआर १६० फोरभी एफआईमा ९ हजार वढेको छ । यसअघि ३ लाख ८३ हजार ९०० मा बिक्री हुँदै आएको सो मोटरसाइलको मूल्य वढेर ३ लाख ९२ हजार ९०० पुगेको हो ।

स्कुटरतर्फ भने कम्पनीले एनटर्क एक्सपी, एनटर्क रेस विएस६ र एनटर्क ड्रममा ४ हजार रुपैयाँका दरले मूल्य वढाएको छ । यी स्कुटरको मूल्य ३ लाख २० हजार ९००, ३ लाख ५ हजार ९०० र २ लाख ३६ हजार ९०० पुगेको छ ।

सम्बन्धित समाचारहरू

देशका ३० मुख्य शहरमा टीभीएस एनटर्क स्कुटरको माइलेज क्याम्प

देशका ३० मुख्य शहरमा टीभीएस एनटर्क स्कुटरको माइलेज क्याम्प

काठमाडौं– टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङ...

नोर्टन मोटरसाइकल अव भारतमै उत्पादन हुने

नोर्टन मोटरसाइकल अव भारतमै उत्पादन हुने

नोर्टन मोटरसाइकलले २०२५ बाट आफ्नो बाइक भारतमा उत्पादन गर्ने योजना बनाएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...