टिभिएस आइक्यूवको अपडेटेड मोडल, रेन्ज र फिचर्स बढ्दा मूल्य भने कम भयो
टिभिएस मोटर्सले हिजो लन्च गरेको आइक्यूवको अपडेटेड मोडल यसअघिको रेगुलर...
टीभीएसले आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर ‘एक्स’ ग्राहकलाई दिन थालेको छ । सन् २०२३ को अगस्टमा लन्च गरिएको सो स्कुटर लगभग दुई वर्षपछि डेलिभरी दिन थालिएको हो ।
कम्पनीको नयाँ आर्किटेक्चर एक्सलेटनमा आधारित यस स्कुटरको डिजाइन क्रियोन अवधारणाबाट प्रेरित छ, जुन २०१८ अटो एक्सपोमा प्रदर्शन गरिएको थियो । यसमा स्पोर्टी, डुअल टोन बडीवर्क, स्टेप्ड सिट र १०.२५ इन्चको टचस्क्रिन इन्स्ट्रुमेन्ट कन्सोलसहित म्याक्सी लुक्स दिइएको छ ।
टीभीएस एक्समा ४.४४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ र यसले सिंगल चार्जमा १४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । स्कुटरमा र्याम–एयर–कूल्ड पर्मानेन्ट म्याग्नेट मिड–ड्राइभ मोटर राखिएको छ । जसले ९.३८ बीएचपी पावर जेनेरेट गर्दछ ।
तीनवटा राइडिङ मोड पाइने यस स्कुटरले ४.५ सेकेन्डमा ०–६० किमी/घण्टाको गति पकड्न सक्ने दाबी गरिएको छ । साथै, यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा छ ।
सो नयाँ स्कुटरको अगाडी टेलिस्कोपिक फोर्क र पछाडि अफसेट मोनो–शकको साथ सिंगल साइडेड स्विङआर्म राखिएको छ । स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक सहित सिंगल च्यानल एबिएस समेत उपलब्ध छ । यसको मूल्य २ लाख ५० हजार भारु तोकिएको छ ।
टिभिएस मोटर्सले हिजो लन्च गरेको आइक्यूवको अपडेटेड मोडल यसअघिको रेगुलर...
टिभिएस मोटर्सले २२५ देखी ३५० सिसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...