टीभीएस अपाचे बाइक : अब मासिक ७,४४४ किस्ता तिरेर किन्न सकिने

काठमाडौं – टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले सबैभन्दा सस्तो बाइक मासिक ७ हजार ४४४ रुपैयाँ किस्तामै अपाचे सिरिजका बाइक किन्न सकिने गरी नयाँ स्किम ल्याएको छ । मूल्य अनुसार बाइकको किस्ता रकम भने फरक हुन सक्ने छ । 

टीभीएसका अपाचे सिरिजका यी बाइकको मूल्य २ लाख ५१ हजार ९ सय देखि ७ लाख ९९ हजार ९ सय रुपैयाँ सम्म छ ।

अपाचे सिरिजको सबैभन्दा सस्तो बाइक अपाचे १५० टुभी हो । त्यसैगरी सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० हो । यी दुई सस्ता र महंगा अपाचे सिरिजको बीचमा अन्य धेरै मोडलका बाइक उपलब्ध छन् ।

अपाचे १६० टु भी विभिन्न दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य २ लाख ६६ हजार ९ सय र २ लाख ७० हजार ९ सय रुपैयाँसम्म छ ।

त्यसैगरी अपाचे १६० फोर भी विभिन्न पाँच भेरिएन्टमा उपलब्ध छ । यी बाइकको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँदेखि ३ लाख १३ हजार ९ सय रुपैयाँसम्म छ ।

अपाचे १८० टुभी एउटा मात्रै भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी २०० फोरभी दुई भेरिएन्टमा उपलब्ध छ । एबीएस सहितको २०० फोरभीको मूल्य ३ लाख ५० हजार ९ सय र रेगुलर मोडलको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ छ ।

यी बाइक किन्दा शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्ट बुझाउनु पर्ने र बाँकी रकम १८ महिना सम्म किस्ताबन्दीमा बुझाउन सकिन्छ । सो अवधिमा कुनै पनि ब्याज नलाग्ने अर्थात शून्य प्रतिशत ब्याजको स्किम कम्पनीले उपलब्ध गराएको बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...