टीभीएस अपाचे आरटीआर १६० बाइक अब अझ सुरक्षित र स्मार्ट

टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो बहुप्रतीक्षित टीभीएस अपाचे आरटीआर १६० को २०२५ मोडल लन्च गरेको छ। सो अपडेटेड भर्सन पहिलेभन्दा बढी सुरक्षित र आधुनिक फिचरले सुसज्जित रहेको कम्पनीले जनाएको छ।

नयाँ अपाचे आरटीआर १६० अब ड्युअल च्यानल एबीएस, ओबीडी२बी अनुरूप इन्जिन, ३ राइडिङ मोड, र टीभीएस स्मार्टकनेक्ट टीएम जस्ता अत्याधुनिक सुविधाका साथ आएको छ। ड्युअल च्यानल एबीएसले आकस्मिक ब्रेक लगाउँदा पाङ्ग्रा लक हुनबाट रोकेर मोटरसाइकललाई चिप्लनबाट बचाउँछ । त्यस्तै, ओबीडी२बी अनुरूप इन्जिनले वातावरणमा कम प्रदूषण फैलाउन मद्दत गर्छ।

नयाँ टीभीएस अपाचे आरटीआर १६०  दुई आकर्षक रङ विकल्पमा उपलब्ध छ । दुवै रङमा रातो अलोय ह्विल दिइएको छ, जसले बाइकलाई अझ स्पोर्टी र आकर्षक देखाउँछ। यसको सुरुवाती १ लाख ३४ हजार ३२० भारु तोकिएको छ।

नयाँ टीभीएस अपाचे आरटीआर १६० मा १५९.७ सीसी इन्जिन छ, जसले १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क उत्पादन गर्छ। यसमा ब्लुटुथ कनेक्टिभिटी र भ्वाइस असिस्ट जस्ता फिचर उपलब्ध छ, जसले राइडरलाई कनेक्टेड अनुभव प्रदान गर्छ । टीभीएस अपाचेको रेसिङ डीएनएले गर्दा यो यसको सेगमेन्टमा सबैभन्दा शक्तिशाली मोटरसाइकलको रूपमा परिचित छ। सो बाइक स्मार्ट हुनुका साथै आरामदायी पनि छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...