सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै
काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...
काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ बीएस६ इन्जिनयुक्त मोटरसाइकल अपाचे आरटीआर १६० फोरभी भित्रिएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा आयोजना गरेको एक्सचेन्ज मेलामार्फत सो मोटरसाइकल सार्वजनिक गरेको हो ।
पहिले नेपाली बजारमा बीएस४ इन्जिनयुक्त मोटरसाइकल रहेकोमा अब बीएस६ इन्जिनयुक्त अपाचे आरटीआर १६० फोरभी भित्रिएको हो । यसको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त मोटरसाइकलको मूल्य भने ३ लाख ३९ हजार ९ सय रुपैयाँ सम्ममा उपलब्ध छ ।
यो मोटरसाइकल एफआई इन्जिनयुक्त र सिंगल च्यानल एबीएस सहित उपलब्ध छ । त्यसैगरी यसलाई स्पोर्ट, अर्वान र रेन गरी तीन मोडमा चलाउन सकिन्छ । टीभीएसका अन्य मोडल जस्तै यसमा पनि स्मार्ट कनेक्ट फिचर उपलब्ध छ । यसको हेडलाइट पनि अन्य भन्दा फरक छ ।
यो मोटरसाइकलमा १५९.७ सीसीको फोर स्ट्रोक, फोर भल्व इन्जिन रहेको छ, जसले स्पोर्ट मोडमा १७.५ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको ५–स्पिड गियरबक्सले पावरफुल राइडिङ अनुभव प्रदान गर्छ ।
टीभीएसले औपचारिक रुपमा यो मोटरसाइकल नेपाली बजारमा लन्च गर्न भने बाँकी नै छ ।
काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...
टीभीएसले दुई पाङ्ग्रे सवारी साधनको टेक्नोलोजी विकासमा महत्वपूर्ण भूमिका...
टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...