टीभीएसद्वारा धनगढी क्षेत्रमा ४० जना राइडरका साथमा एओजी राइडको आयोजना

काठमाडौं – दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकवर्ग लक्षित “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । भदौ ११ गतेका दिन, धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालि देखि स्टेट ७ होटल गोदावरी सम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।

कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागिता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टीभीएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए ।

उनीहरुले भने ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’ त्यस क्रममा उनीहरुले आ–आफ्नो तर्फबाट मन्तब्य राखेका थिए ।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट रुपमा मन पराएको पाइएको छ । यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको बताएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...

जीतपुर सिमरामा टीभीएसको नयाँ शोरुम शुभारम्भ

जीतपुर सिमरामा टीभीएसको नयाँ शोरुम शुभारम्भ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टीभीएस...

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

नेपाली बजारमा बीएस६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई प्रविधिको बीएस६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...