१३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा, करोडौँ जरिवाना असुल
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय ट्राफिक नियम उल्लघंन गर्ने...
क्यानाडामा ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य पार्ने सरकारी नियमसंगै सुरु भएको आन्दोलनले चर्को रुप लिएको छ । एक साताभन्दा बढी सयमदेखी उक्त नियमको बिरुद्धमा उत्रिएका ट्रक ड्राइभरको आन्दोलनले उग्र रुप लिन थालेपछि राजधानी ओटवामा संकटकाल घोषणा गरिएको छ । आन्दोलनमा सहभागी ट्रक ड्राइभरले ‘फ्रिडम कन्भोई’ नाममा बिरोध प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीहरुले तारम्तार हर्न र साइर बजाउने र पटका पड्काउने काम गरेर त्यसलाई पार्टी मनाएजस्तो गरेर अधिकांश शहर ठप्प पार्दै आएका हुन् । जसले शहरका बासिन्दाको सुरक्षमा समेत असर पुर्याएको ओटवाका मेयर वाट्सनले बताएका छन् ।
सरकारले अनिबार्य गरेको कोभिड खोपका बिरुद्धमा उत्रिएका उनीहरुले सडकमा टेन्ट र गाडीहरु राखेर अबरोध गरिरहेका छन् । आन्दोलन चर्किदै गएपछि केही दिनअघिमात्र प्रधानमन्त्री जस्टिन ट्रुडोले राजधानी छाडिसकेका छन् ।
कोभिडबिरुद्धको खोप लगाउने वा नलागउने भन्ने बिषयमा आफूहरुले निर्णय गर्न पाउनुपर्ने माग राख्दै उनीहरुले सरकारी निणर्यबिरुद्ध आन्दोलन गर्दै आएका हुन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...