ट्रायम्फले ल्यायो स्पिड ट्रिपल १२०० आरएक्स, यस्तो छ मूल्य र बिशेषता

ट्रायम्फ मोटरसाइकलले भारतमा आफ्नो नयाँ स्पिड ट्रिपल १२०० आरएक्स लिमिटेड एडिसन बाइक लन्च गरेको छ। यसको मूल्य करिब २३ लाख भारु तय गरिएको छ । कम्पनीले सो बाइक विश्वव्यापी रूपमा केवल १२०० युनिट मात्र उत्पादन गर्ने भएकाले यो बाइक अत्यन्तै सीमित ग्राहकहरूका लागि उपलब्ध हुनेछ।

नयाँ स्पिड ट्रिपल १२०० आरएक्समा १,१६३ सीसी क्षमताको इनलाइन-३ लिक्विड-कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८३ हर्सपावर र १२८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ। यसमा कार्बन फाइबर र टाइटेनियमबाट बनेको एक्रापोभिकको स्पेशल एक्जस्ट सिस्टम पनि दिइएको छ। बाइकको तौल १९९ किलोग्राम रहेको छ ।

ट्रायम्फ स्पिड ट्रिपल १२०० आरएक्सको लुक यसको मानक मोडल स्पिड ट्रिपल १२०० आरएसबाट प्रेरित छ। तर, यसमा आरएक्स ग्राफिक्स र स्पोर्टी एर्गोनोमिक डिजाइन थपिएको छ। यसको लोअर क्लिप अन ह्यान्डलबार र रियर सेट फुटपेगका कारण यसले अझ रेसिङ अनुभव प्रदान गर्छ।

आरएक्स भेरिएन्टमा सवारी कन्ट्रोलका लागि अत्याधुनिक ओहलिङ्स स्मार्ट ईसी ३.० एक्टिभ सस्पेन्सन सिस्टम र ओहलिङ्स एसडी ईसी स्टेयरिङ ड्याम्पर दिइएको छ। ब्रेकिङका लागि ब्रेम्बो स्टाइलमा क्यालिपर र ब्रेम्बो एमसीएस रेडियल मास्टर सिलिन्डर भएको ट्विन-डिस्क सेटअप प्रयोग गरिएको छ ।

ट्रायम्फले भारतका लागि कति युनिट उपलब्ध गराइने भन्ने जानकारी नखुलाएको भए पनि, यो विश्वव्यापी सीमित संस्करण भएको कारण यसको उपलब्धता अत्यन्त सीमित रहने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरू

थकान र अनिद्रा : सडक दुर्घटनाको अदृश्य शत्रु

थकान र अनिद्रा : सडक दुर्घटनाको अदृश्य शत्रु

सवारी साधनको स्टेरिङ समात्ने व्यक्तिको हातमा केवल गाडीको नियन्त्रण मात्र...

ठूला टच स्क्रिनले बढाउँदै ड्राइभिङ जोखिम, भौतिक बटनको आवश्यकता फेरि उठ्यो

ठूला टच स्क्रिनले बढाउँदै ड्राइभिङ जोखिम, भौतिक बटनको आवश्यकता फेरि उठ्यो

आजका आधुनिक कारमा ठूला टच स्क्रिनलाई प्रिमियम सुविधाको रुपमा मानिन्छ।...

निर्जीवन बिमा व्यवसायमा मोटर बिमाको हिस्सा सर्बाधिक, यसकारण बढ्यो हिस्सा

निर्जीवन बिमा व्यवसायमा मोटर बिमाको हिस्सा सर्बाधिक, यसकारण बढ्यो हिस्सा

काठमाडौं – नेपालको निर्जीवन बिमा व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...