ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा मोडल ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्यमा वृद्धि गरिएको छ । नेपालका लागि ट्रायम्फको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।

पहिले यसको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ भएकोमा अब यसको मूल्य ६ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । यस अनुसार सो मोडलमा १० हजार रुपैयाँ वृद्धि गरिएको हो ।

नेपाली बजारमा उपलब्ध ट्रायम्फको अर्को मोडल ट्रायम्फ स्पिड ४०० को मूल्य भने यथावत ६ लाख ३९ हजार ९ सय रुपैयाँ नै छ ।

गत भदौंमा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको ट्रायम्फ स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्सको मूल्य क्रमशः ६ लाख ३९ हजार ९ सय र ६ लाख ८९ हजार ९ सय रुपैयाँ थियो । सुरुवाती मूल्यका रुपमा तोकिएको सो मूल्य केही समय पछि बढ्ने अनुमान गरिए पनि हाल सम्म यसको मूल्य वृद्धि गरिएको थिएन । अहिले भने एक मोडलको मूल्यमा मात्र सामान्य अर्थात १० हजार रुपैयाँ वृद्धि गरिएको कम्पनी स्रोतको भनाइ छ ।

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९ इन्चको फ्रन्ट ह्विल र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु-याउछ । स्क्र्याम्बलर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोर्क्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।

शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पिड ४०० मा ४०० सीसीको टिआर–सिरिज इन्जिन, ६–स्पिड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरू

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

बाइक लामो समयसम्म कुनै समस्या विना चलाउनका लागि यसलाई समयमै सर्भिस गर्नु...

जीपीएस र एपको प्रयोग गरी सुरक्षित रहन आग्रह : यस्ता छन् सवारी सुरक्षाका लागि नयाँ प्रोडक्ट

जीपीएस र एपको प्रयोग गरी सुरक्षित रहन आग्रह : यस्ता छन् सवारी सुरक्षाका लागि नयाँ प्रोडक्ट

काठमाडौं – जियोमेट र एटीएस नेपाल तथा नेपाल अटो मेकानिक्स व्यवसायी संघको...

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...