ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?
काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा...
सन् २०२४ को समापन हुँदैछ । यो वर्ष नेपाली बजारमा नयाँ मोटरसाइकल ब्रान्डको रुपमा ट्रायम्फ भित्रियो । नेपालका लागि ट्रायम्फको आधिकारिक बिक्रेताको रुपमा हंसराज हुलासचन्द एन्ड कम्पनीले गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक ट्रायम्फका केही मोडल प्रदर्शन गरेको थियो ।
त्यसपछि कात्तिक पहिलो साता ट्रायम्फ नेपालले एकै पटक २०० युनिट मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेर एक रेकर्ड ब्रेक गरेको थियो । नेपाली बजारमा पछिल्लो समयमा मन्दीको अवस्था रहेको र सवारी साधन बिक्रीमा समेत कमी आइरहेको चर्चा चलिरहदा एकै पटक २०० युनिट डेलिभरी गर्नु आफैमा एक महत्वपूर्ण उपलब्धि थियो ।
अझ त्यसपछिको समयमा पनि थप ३०० युनिट बाइक डेलिभरी भइसकेको ट्रायम्फको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको दावी छ । यस अनुसार छोटो समयमै नेपाली बजारमा ५०० युनिट भन्दा बढी ट्रायम्फ बाइक बिक्री भएका छन् ।
नेपाली बजारमा ट्रायम्फका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमा भित्रिएका थिए । ट्रायम्फ स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९ सय र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
ट्रायम्फका बाइक नेपाली बजारमा पहिलो पटक भित्रिए पनि अनौपचारिक रुपमा केही युनिट बाइक पहिले देखि नै ग्राहकहरुले आफै ल्याएर प्रयोग गरेको पाइन्छ । यद्यपि बिचको समयमा भने ट्रायम्फका हेभी बाइक मात्र उत्पादन हुने गरेका थिए । पछिल्लो समयमा ४०० सीसी सिरिजका बाइक उत्पादन हुन थाले पछि मात्र नेपालमा पनि यसको खोजी हुन थालेको पाइन्छ ।
ट्रायम्फका बाइक भारतमा समेत निकै नै रुचाइएको पाइन्छ । पछिल्लो समयमा यो ब्रान्डका बाइक गत वर्ष भन्दा करिव १७ प्रतिशत सम्म बढी संख्यामा बिक्री भएका छन् ।
नेपाली बजारमा यो वर्ष ट्रायम्फले एक रेकर्ड नै कायम गरेको छ । एउटा मात्र नभई विभिन्न फरक विशेषताका कारण यो धेरै राइडरको रोजाइमा परेको मान्न सकिन्छ ।
मिड सेगमेन्टको रोजाइ
कम्युटर सेगमेन्ट खोज्नेहरु भन्दा अलि माथिल्लो लेभलका राइडरको रोजाइमा नेपाली बजारमा भएका विकल्पमा यो वर्ष ट्रायम्फ थपिन आयो । विदेशिन चाहने युवाहरुको संख्या बढे पनि केही समय नेपालमै बस्ने युवाहरुले समेत आफ्नो रोजाइको ब्रान्ड ट्रायम्फ बनाए । करिव ४०० सीसीको मोटरसाइकल चढ्न चाहनेहरुका लागि उपयुक्त मूल्य सहितको रोजाइको बाइक यो बन्यो ।
यो वाहेक ४० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुका लागि समेत यो मोडल उपयुक्त बनेर आएको छ । जेम्स बन्डको मुभी देखि अन्य विभिन्न सोसल मिडियामा ट्रायम्फ बाइकको क्रेज देखेकाहरुका लागि अब सपनाको बाइक विपनामा परिणत गर्ने उपयुक्त अवसर बन्यो ।
सबै रोडका लागि उपयुक्त
सहर वा अफरोड, सबै सडकका लागि ट्रायम्फका बाइक उपयोगी छन् । एड्भेन्चर रुचाउने राइडरहरुका लागि यो बरदान नै बनेको छ । नेपाली बजारमा उपलब्ध एड्भेन्चर सेगमेन्टका बाइक भन्दा फरक कम्प्याक्ट र पावरफुल लगायतका विभिन्न विशेषताको रुपमा यसमा विभिन्न फिचर रहेका छन्, जसले गर्दा यसलाई सेगमेन्टकै रोजाइको बाइक बनाएको मान्न सकिन्छ ।
करमा सहुलियत
नेपाली बजारमा उपलब्ध ट्रायम्फका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याब्लर ४०० एक्समा ३९८.१ सीसीको इन्जिन छ । नेपालको कर संरचना अनुसार बागमती प्रदेशमा २५१ सीसी देखि ४०० सीसी सम्मका लागि १२ हजार कर तिर्नुपर्छ । त्यसैगरी ४०१ देखि ६५० सीसी सम्मका लागि २५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ । यसले गर्दा नेपाली बजारमा उपलब्ध ४०० सीसी भन्दा बढीको मोटरसाइकलको तुलनामा ट्रायम्फका मोटरसाइकलमा १३ हजार रुपैयाँ कम कर लाग्छ । विभिन्न प्रदेशमा यो दर अझै बढी पनि छ । यो पनि ग्राहकका लागि एक विशेष आकर्षण हो ।
वर्षमा दुई सर्भिसिङ मात्र आवश्यक, बढीमा ४,५०० शुल्क
बीएस६ इन्जिन र सेमी सिन्थेटिक इन्जिन आयलको प्रयोगका साथै बाइकमा भएका विभिन्न सेन्सर, ईसीयू, ट्र्याक्सन कन्ट्रोल, स्विचेबल एबीएस लगायतका प्राविधिक फिचरका कारण ट्रायम्फका बाइक वर्षमा दुई पटक मात्र सर्भिसिङ गरे पुग्छ । विश्वका जुनसुकै देशमा उपलब्ध हुने ट्रायम्फ मोडल नेपाली बजारमा समेत उपलब्ध छन् । यसले गर्दा यो बाइकलाई वर्षमा दुई पटक मात्र सर्भिसिङ गर्नु आवश्यक हुन्छ । सर्भिसिङ लागत पनि निकै नै कम छ । करिव ४ हजार ५ सय रुपैयाँमै सर्भिसिङको सबै कार्य सम्पन्न हुन्छ । यसले गर्दा रकम मात्र बचत नभई समयको पनि बचत हुन्छ ।
दमदार फाइनान्सको सुविधा, ५० प्रतिशत मात्र पैसा तिर्दा हुने
ट्रायम्फका मोटरसाइकल किन्नका लागि हंसराज हुलासचन्द एन्ड कम्पनीको इन–हाउस फाइनान्स सुविधा समेत छ । हुलास फिनसर्भमार्फत प्राप्त गर्न सकिने फाइनान्स सुविधा अन्तर्गत शुरुमा ५० प्रतिशत मात्र रकम बुझाएर बाँकी रकम ९.९९ प्रतिशत ब्याजदरमा तीन वर्ष सम्म मासिक किस्ताबन्दीमा बुझाउन सकिन्छ ।
काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा...
काठमाडौं– सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष ट्रेनिङ सम्पन्न...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...