ट्रायम्फको चावहिल–बौद्धमा नयाँ शोरुम स्थापना, एकै हप्तामा चार ‘थ्रीएस’ सुविधासम्पन्न शोरुम विस्तार

काठमाडौं – विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौं उपत्यकामा आफ्नो नयाँ शोरुम चावहिल–बौद्धमा सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले एकै हप्ताभित्र देशभर चारवटा नयाँ पूर्ण ‘थ्रीएस’ (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम खोलेर आफ्नो इतिहासकै एक हप्तामै सबैभन्दा ठूलो विस्तार गरेको दाबी गरेको छ।

चावहिल–बौद्ध सडकमा रहेको यो शोरुम ट्रायम्फ नेपालका आधिकारिक डिलर जेन्स पाल गियर्सले सञ्चालनमा ल्याएको हो। शोरुममा बाइक बिक्री, आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्ट्स एउटै ठाउँबाट उपलब्ध हुनेछन्, जसले काठमाडौं उपत्यकाका ग्राहकलाई आफ्टर–सेल्स सेवाका लागि टाढा जानुपर्ने बाध्यता हटाउने कम्पनीको भनाइ छ।

एकै हप्तामा चार शोरुम

चावहिल–बौद्धसँगै ट्रायम्फ नेपालले सोही हप्ता धनगढी, दाङ र हेटौँडामा पनि नयाँ थ्रीएस शोरुम खोलेको छ। यसरी सुदूरपश्चिमदेखि लुम्बिनी, मुख्य राजमार्ग क्षेत्र हुँदै काठमाडौं उपत्यकासम्म एकैचोटि सेवा विस्तार भएको छ। कम्पनीका अनुसार यो नेपालको मिड–प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै हप्तामा भएको सबैभन्दा ठूलो र पहिलो खालको विस्तार हो।

कम्पनीका प्रतिनिधिको भनाइ

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले यो विस्तारलाई ‘ट्रायम्फ नेपालका लागि ठूलो उपलब्धि’ भन्दै एकै हप्तामा चारवटा पूर्ण थ्रीएस शोरुम थपिनुले देशभर ट्रायम्फ समुदाय तीव्र गतिमा बढिरहेको संकेत गर्ने बताए। राइडरहरूले एउटै छानामुनि मोटरसाइकल मात्र नभई व्यावसायिक सेवा र वास्तविक स्पेयर पार्ट्स समेत पाउनु कम्पनीको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।

चावहिल–बौद्ध शोरुम सञ्चालन गर्ने जेन्स पाल गियर्सका रोहन शाहीले आधिकारिक डिलर पार्टनरका रूपमा सेल्स, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्समा भरपर्दो सेवा दिने लक्ष्य रहेको र राइडर तथा मोटरसाइकलप्रेमीहरू भेटघाट गर्ने थलो बनाउने उद्देश्य समेत रहेको बताए।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...