आयो ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने नेपाली टायर, अर्थमन्त्रीद्वारा सार्वजनिक

काठमाडौं – नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ ।

नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच माननीय अर्थमन्त्री डा। प्रकाश शरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरे ।

विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् ।

उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे ।

करिव ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यस अघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ ।

हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र १०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन् ।

सम्बन्धित समाचारहरू

जेके टायर किन्दा फ्रि रेनकोट

जेके टायर किन्दा फ्रि रेनकोट

काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...

मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्

मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्

सन् २०१६ मा जेड टायरले विश्वको सबैभन्दा महँगो टायर बनाएको थियो । यसमा २४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...