टायरमा साधारण हावा वा नाइट्रोजन ग्यासमा कुन राम्रो ?
गर्मी मौसम सुरु भइसकेको छ । चर्को घाम र तातो हावाले सडक पनि तातो हुन्छ । तातो...
काठमाडौं – नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ ।
नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच माननीय अर्थमन्त्री डा। प्रकाश शरण महतले औपचारिक रुपमा सो टायर सार्वजनिक गरे ।
विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन् ।
उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए । यी टायर तुलनात्मक रुपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास सिंघानियाले व्यक्त गरे ।
करिव ५ वर्ष पहिले स्थापित निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्रयाक्टरका टायरहरु यस अघि नै बजारमा बिक्री–वितरण गर्दै आइरहेको छ ।
हाल कम्पनीले वार्षिक १ लाख थान टायर उत्पादन गर्दै आएको र १०० जना कामदारले प्रत्यक्ष रोजगार पाएका छन् ।
गर्मी मौसम सुरु भइसकेको छ । चर्को घाम र तातो हावाले सडक पनि तातो हुन्छ । तातो...
भारतको अग्रणी टायर निर्माता कम्पनी जेके टायर एण्ड इन्डष्ट्रिज लिमिटेडले...
‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...