टोयोटाको सानो तर शक्तिशाली एसयूभी नयाँ ल्यान्ड क्रुजर एफजे सार्वजनिक

जापान मोबिलिटी शो २०२५ मा टोयोटाले आफ्नो चर्चित अफरोड एसयूभी ल्यान्ड क्रुजर एफजे पहिलोपटक पेश गरेको छ । नयाँ एफजे ल्यान्ड क्रुजर सिरिजको बलियो र अफरोड डीएनएको किफायती, सानो र आधुनिक प्याकेजमा प्रस्तुत हुनेछ। यसलाई पहिलोपटक २०२६ को मध्यतिर जापानमा लन्च गरिनेछ ।

आकारका हिसाबले ल्यान्ड क्रुजर एफजेको लम्बाइ ४,५७५ एमएम, चौडाइ १,८५५ एमएम, उचाइ १,९६० एमएम र ह्विलबेस २,५८० एमएम छ ।

डिजाइनमा एफजे पुरानो एफजे४० को रेट्रो स्टाइल र आधुनिक एसयूभी लुकको मिश्रणमा प्रस्तुत गरेको छ । सो एसयूभीको दुई फरक डिजाइन रहेको छ । एउटामा गोलाकार हेडलाइट छ, जसले क्लासिक एफजे४० लाई स्मरण गराउँछ भने अर्कोमा सी आकारको एलईडी हेडलाइट दिइएको छ ।

इन्टेरियरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ठुलो इन्फोटेनमेन्ट स्क्रिन, बलियो स्टेयरिङ ह्विल र फिजिकल क्लाइमेट कन्ट्रोल समावेश छ । साथै एडेप्टिभ क्रुज कन्ट्रोल, लेन–किप असिस्ट र प्रि–कोलिजन ब्रेकिङ जस्ता उन्नत सेफ्टी फिचर समावेश गरिएको छ ।

नयाँ एफजेमा २.७ लिटर २टीआर एफई पेट्रोल इन्जिन जडान गरिएको छ, जसले १६१ एचपी पावर र २४६ एनएमको टर्क उत्पादन गर्छ। सो इन्जिन ६ स्पिड अटोमेटिक गियरबक्स र पार्टटाइम फोर ह्विल ड्राइभ सिस्टमसँग जोडिनेछ। यसलाई टोयोटाको आईएमभी प्लेटफर्ममा बनाइनेछ । साथै भविष्यमा डिजेल तथा हाइब्रिड भेरिएन्टमा पनि लन्च गर्ने सम्भावना रहेको छ ।

ल्यान्ड क्रुजर एफजे लन्च गरियो भने, यसले महिन्द्रा थार रक्सका साथै अफरोड एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

प्रोफेसनल टिमबाट सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै टोइङ नेपाल

प्रोफेसनल टिमबाट सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै टोइङ नेपाल

यात्राको दौरान बिच बाटोमा गाडी बिग्रियो अर्थात ब्रेक डाउनको समस्या आयो...

एयरब्याग नखुले पछि टोयोटालाई ६१ लाख ३६ हजार भारु क्षतिपूर्ति

एयरब्याग नखुले पछि टोयोटालाई ६१ लाख ३६ हजार भारु क्षतिपूर्ति

भारतको छत्तीसगढ स्टेट कन्ज्युमर कमिशनले टोयोटा किर्लोस्कर मोटर...

टोयोटा लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा ठूलो कार निर्माता बन्दै

टोयोटा लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा ठूलो कार निर्माता बन्दै

टोयोटा मोटरले अप्रिलमा आफ्नो प्रतिद्वन्द्वी फक्सवागनको तुलनामा १० लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...