भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर
काठमाडौं– जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय...
टोयोटा मोटरले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा लन्च गर्ने तयारी गरेको छ। यो टोयोटाको भारतमा पहिलो पूर्ण इलेक्ट्रिक एसयूभी हुनेछ ।
हालसम्म टोयोटाले नयाँ इलेक्ट्रिक एसयूभीको टिजर मात्र सार्वजनिक गरेको छ तर यसको प्राविधिक विवरणहरू खुलाएको छैन। यद्यपि, मिडिया रिपोर्टका अनुसार सो एसयूभीमा २ वटा ब्याट्री विकल्प उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यी ब्याट्री ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताका हुन सक्ने बताइएको छ । सो ब्याट्री एक पटकको पूर्ण चार्जमा करिब ५०० देखि ५४३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्ने अनुमान गरिएको छ।
टोयोटाको सो नयाँ इलेक्ट्रिक एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.१ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुनेछ। साथै, एलईडी हेडल्याम्प र टेललाइट, प्यानोरामिक सनरुफ, ड्युअल टोन इन्टेरियर, १८ इन्चका अलोय ह्विल जस्ता प्रिमियम फिचर समावेश हुनेछ । सेफ्टीका लागि यसमा ७ वटा एयरब्याग, एबीएस, ईबीडी र एडास जस्ता एडभान्स्ड सेफ्टी फिचर पनि दिइने अपेक्षा गरिएको छ।
लन्चपछि टोयोटाको सो नयाँ इलेक्ट्रिक एसयूभीले भारतीय बजारमा एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक, मारुती ईभिटारा र टाटा कर्भ ईभीजस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं– जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय...
काठमाडौं – आगामी भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाडा अटो...
यसअघि प्यासेन्जर कार र टु ह्विलरमा मात्र केन्द्रित नेपालको ईभी बजार अहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...